सिर्सिया नदी प्रदुषित गर्नेलाई वीरगन्ज महानगरद्वारा कारबाही

मधेसखबर
वीरगन्ज,१६ फागुन : वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ ।उद्योगबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई वीरगन्ज महानगरले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्वर २१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।कारबाहीमा पर्नेमा प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ रहेको महानगरपालिकाले जनाएको छ ।

तीनै वटा ट्याक्टरलाई महानगरले मंगलबार बिहान नियन्त्रणमा लिएर बालमन्दिरमा राखेकोमा तीनै वटा ट्याक्टरका चालकलाई पहिलो पटक १÷१ हजार रुपैया जरिबाना गरेर छाडिएको मेयर राजेशमान सिंहले जानकारी दिए ।महानगरपालिकाले सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान चलाईरहेको अवस्थामा नदी प्रदुषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई मंगलबारदेखि जरिबाना गर्न सुरु गरेको हो ।

नदी प्रदुषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तिब्रता दिएको छ । नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदुषित भएको छ ।महानगरले उद्योगहरुलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर सहित ५ वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी पनि दिएको छ ।

वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योगकै कारण सिर्सिया नदी प्रदुषण हुँदै आएको छ । उद्योगबाट निस्केको फोहोर नदीमा ल्याएर फाल्ने ट्याक्टरलाई मंगलबार पहिलोपटक चेतावनी स्वरुप कारबाही गरिएको र आउँदा दिनमा फोहोर पानी वा वस्तु सोझै नदीमा मिसाउने उद्योगलाई पनि कारबाही गरिने मेयर सिंहले बताए ।

महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिको फागुन ३ गते बसेको बैठकले नदी प्रदुषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।यसअघि उक्त समितिले पटक पटक अनुगमन गर्दा एक/दुई बाहेक अधिकांश उद्योगहरुले अटेरी गर्दै उद्योगबाट निस्केको फोहोर तथा फोहोर पानी सोझै नदीमा फाल्दै आएको भेटिएको थियो । त्यसपछि समितिले उद्योगको फोहोर र रसायनयुक्त पानी सिधै नदीमा नफाल्न सचेत पनि गराएको थियो ।

तर उद्योगहरुले त्यसको अटेरी गर्दै फोहोरजन्य पदार्थ र रसायनयुक्त पानी नदीमै फाल्दै आएपछि महानगरको समितिले अब ती उद्योगहरुलाइ कारबाही नै गर्ने प्रकृया थालेको हो ।

The post सिर्सिया नदी प्रदुषित गर्नेलाई वीरगन्ज महानगरद्वारा कारबाही appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: सिर्सिया नदी प्रदुषित गर्नेलाई वीरगन्ज महानगरद्वारा कारबाही
सिर्सिया नदी प्रदुषित गर्नेलाई वीरगन्ज महानगरद्वारा कारबाही
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/Tractor-1.jpg?resize=1024%2C577&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_87.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_87.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy