मधेसखबर
वीरगन्ज,२४माघ : पर्सा क्षेत्र नंबर १ (क) का प्रदेशसभा सदस्य रहबर अन्सारी , मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन राज्यमन्त्री बनेका छन् ।
मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार दोश्रो पटक विस्तारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएसंगै अन्सारी , वन राज्यमन्त्री बनेका हुन् ।
माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका अन्सारीसंगै माओवादी केन्द्रबाटै सुनिता यादव पनि मन्त्री बनेकी छन् । उनी उद्योग, पर्यटन तथा वन मन्त्री बनेकी हुन् ।
मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छोडेर अन्य नौ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण केहि दिन पहिले भइसकेको थियो । तर माओवादीको भागमा परेको मन्त्रालयमा भागबण्डा नमिलेपछि तत्काललाई माओवादीको मन्त्रालय मुख्यमन्त्रीले राख्ने गरी माओवादीलाई सरकारमा सहभागि गराईएको थिएन्।
को हुन् रहबर अन्सारी ?
पर्सा क्षेत्र नंबर १ (क) बाट प्रदेशसभा सदस्मा विजयी रहबर अन्सारी नेकपा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य हुन्। उनी २०७० को संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा माओवादीको उम्मेदवार बनेर पराजित भएका थिए । त्यस्तै २०७४ को स्थानीय तहको निर्वाचनमा वीरगन्जको मेयरमा र २०७८ कै प्रदेशसभा सदस्यको निर्वाचनमा पनि उनले पराजय बेहोरेका थिए।
तर गत मंसिर ४ मा भएको निर्वाचनमा सत्तारूढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बन्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
The post रहबर अन्सारी बने मधेस प्रदेशको राज्यमन्त्री appeared first on Madhes Khabar.