वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : मेयर सिंह

वीरगन्ज,४फागुन:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको बताएका छन्।

महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हराभरा बनाउनेतर्फ महानगर लागिपरेको मेयर सिंहको भनाई छ ।

रुख रोप्नु मात्रै नभएर त्यसको संरक्षणका लागि पनि महानगरले योजना बनाएको उनले बताए ।

वीरगन्ज महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यम सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

अभिमुखीकरणमा प्रशिक्षण दिँदै वातावरण संरक्षण र गरिबी निवारणका लागि वनको विस्तार गर्नुपर्ने डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फर्मान मियाँले बताए । मियाँले वनमार्फत समृद्धि हाँसिल गर्न सकिने धारणा राखे।

समृद्धिका लागि वन परियोजना अन्तर्गत वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्ष एवं सचिवहरुको लागि आयोजित अभिमुखीकरणका अवसरमा मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पारेका थिए । तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको उनले बताए ।

हरित गृह ग्यासको उत्सर्जन र यसले पार्ने प्रभावसँगै वनमार्फत यसलाई न्युनिकरण गर्न सकिने बारेमा पनि उनले जानकारी गराए।

औद्योगिकरण, सवारी साधन, फोहोर, वन विनाश आदिका कारण हरित गृह ग्यासको उत्पादन बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । साथै पृथ्वीको सुरक्षाका लागि रुख रोप्नुको विकल्प नरहेको पनि उनले बताए । मियाँका अनुसार नेपालसँग १२ लाख मेट्रिक टन कार्वन उत्सर्जन गर्ने क्षमता छ ।

अभिमुखीकरणमा वन प्राविधिक दशरथ रौनियारले पनि वनमा आधारित उद्यमका बारेमा जानकारी गराए । वनमा आधारित उद्यम सञ्चालनका लागि बैंक तथा वित्तिय संस्थाबाट ऋण लिँदा ९ प्रतिशत भन्दा बढी ब्याज लिन नमिल्ने पनि उनले जानकारी गराए ।

अभिमुखीकरणमा सहभागी वीरगन्ज महानगरपालिका वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्राले वडालाई अधिकार नदिँदासम्म सिकेका कुरालाई व्यवहारिक बनाउन नसकिने बताए ।

अभिमुखीकरण एवं तालिममा सिकेका कुरालाई लागु गर्नका लागि वन संरक्षण एवम् वृक्षरोपण लगायतका कार्यका लागि वडाहरुलाई पनि आवश्यक बजेट उपलब्ध गराउनुपर्ने वडाअध्यक्ष मिश्राको माग थियो ।

The post वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : मेयर सिंह appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : मेयर सिंह
वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : मेयर सिंह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/IMG-20230216-WA0015.jpg?resize=1024%2C577&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_79.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_79.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy