मधेसखबर
वीरगन्ज ,२४ माघ : जनमत पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर सिके राउतले मधेसी दलले मधेसका मुद्दाहरुलाई सत्तामा पुग्ने भरयाङ बनाएर भजाएका कारण चुनावमा मधेसी जनताले तीनलाई ठेगान लगाएको बताएका छन् ।
मंगलबार वीरगन्जमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् । उनले आफनो पार्टी मधेसमा नयाँ शक्तिको रुपमा उदाएको पनि जिकिर गरे ।
राउतले भने ,‘ मधेसी दलले अहिले सम्म मधेसका मुद्दादाई सत्तामा पुग्ने भरयाङ बनाउदै आएका थिए , त्यहि भएर तीनलाई मधेसी जनताले ठेगान लगाइ दिए , अनि मधेसको वैकल्पिक शक्तिका रुपमा जनमत पार्टीलाई रोजेका हुन् । उनले आगामी दिनमा पार्टीले मधेसका मुद्दाहरुलाई कहिल्यै पनि नछोड्ने र पार्टीलाई अझ सशक्त रुपमा बढाउने पनि बताए ।उनले पर्सा जिल्लामा विगतमा आफनो पार्टीको संगठन कमजोर रहेपनि मंगलबारको पार्टी प्रवेश कार्यक्रमले संगठनलाई नयाँ उचाईमा पुर्याउने दावी पनि गरे ।
कार्यक्रममा जसपा छाडेर प्रदेशसभा सदस्यमा प्रत्याशी बनेका युवा नेता मुकेश द्विवेदी , मधेसी जनअधिकार फोरम मधेसका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ताका छोरा श्याम गुप्ता , लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जटाशंकर साह, नारायणी अस्पतालका पूर्व सुपरिटेन्डेड त डा.शिवशंकर यादव, अधिवक्ता हरिहर साह लगायत सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रबेश गरेका थिए ।
जनमत पाटी पर्साका जिल्ला ईन्चार्ज श्यामशंकर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महिला विभागकी केन्द्रिय अध्यक्ष अनिता रौनियार, डाक्टर.अजय यादव, सब्बु खातुन, सुजित चौरसिया, संतोष साह, नजमा खातुन, महेश चौरसिया, संतोषी कुमारी लगायतको पनि सहभागिता थियो ।
The post मधेसका मुद्दालाई सत्तामा पुग्ने भरयाङ बनाएका मधेसी दललाई जनताले ठेगान लगाइ दिए : सिके राउत appeared first on Madhes Khabar.