संघीयता रक्षाका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी

मधेसखबर
वीरगन्ज,१९ माघ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् ।सरकारमै रहेका दलहरुले संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धी समाप्त गर्ने षडयन्त्र गरिरहेको भन्दै यादवले भने ,‘ यदि संघीयता र समावेशीता विरुद्ध सत्ताधारी दल र मन्त्रीहरु लागि रहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ । त्यसका लागि तयार रहन जसपाका नेता कार्यकर्ताहरुलाइ उनले निर्देशन पनि दिए ।

मधेस जनविद्रोहकै कारण मुलुकमा संघीयता , समावेशीता , मधेसीको पहिचान जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका कारण यी उपलब्धी रक्षाका लागि जसपाले जस्तो सुकै कदम पनि चाल्न सक्ने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इतिहासकै लाचार प्रधानमन्त्रीको संज्ञा पनि यादवले दिए । उनले भने ,‘ सरकारमै रहेका दल र मन्त्रीहरुले संघीयता , समावेशीता र धर्मनिरपेक्षता खारेज गर्ने अभिव्यक्ति दिइरहेका छन् , तर प्रधानमन्त्री प्रचण्ड भने स्पष्टिकरण सोध्छु भनेर लाचारी प्रदर्शन गरिरहेका छन् , प्रधानमन्त्री भनेको त संविधान विरोधी अभिव्यक्ति दिने मन्त्रीलाई सिधै कारबाही गर्ने पो हो , स्पष्टिकरण सोध्छु भनेर लाचारी प्रदर्शन गर्नु होइन ।

प्रचण्ड जस्ता लाचार प्रधानमन्त्रीबाट देशको सुरक्षा र जनताको अधिकारको रक्षा हुन नसक्ने पनि यादवले बताए ।
प्रतिनिधीसभामा १२ सिट भएपनि राष्ट्रय राजनीतिमा जसपाको भूमीका महत्वपूण रहेको भन्ने नबिर्सिन उनले सत्तारुढ दललाई सेचत पनि गराए ।

संघीयता काँग्रेस र कम्युनिष्टहरुको मुद्धा कहिले पनि नरहेको भन्दै यादवले संघीयता समाप्त पार्ने साजिस(षडयन्त्र) विफल पार्न जसपा सचेत रहेको र आवश्यक परे फेरि आन्दोलनमा उत्रिन तयार रहेको बताए ।संघीयता , लोकतन्त्र र संविधान अहिले पनि खतरामा रहेको दोहोर्याउदै अध्यक्ष यादवले भने ,‘ विगत ३० वर्षको इतिहासमा संसदमा मधेसीको प्रतिनिधीत्व अहिले सबै भन्दा कम ( १६ प्रतिशत मात्र) छ , पहिलो संविधानसभामा ३४ प्रतिशत थियो , अहिले संसदमा संघीयता नचाहने शासकहरुको उपस्थिती ९८ प्रतिशत छ , त्यस कारण संघीयता , लोकतन्त्र र संविधान खतरामा छ ।

मंसिरको निर्वाचनमा देश भित्रकै आन्तरिक र देश बाहिरको बाह्य शक्तिको षडयन्त्रका बाबजुद पनि जसपा राष्ट्रिय दल बन्न सफल भएको जिकिर उनले गरे । उनले मंसिर ४ को निर्वाचनमा एमालेसंग तालमेल गर्ने जसपाको निर्णय सहि भएको पनि यादवले बताए । यादवले भने ,‘ काँग्रेसले गठबधनमा ९ सिट मात्रै दिएर जसपाको अस्तित्व नै नमोट पार्ने षडयन्त्रमा थियो , त्यहि थाहा पाएर एमालेसंग चुनावी तालमेल गर्यौ , जसका कारण हामी राष्ट्रय दल बन्न सफल भयौ , काँग्रेससंग गठबन्धन गरेका लोसपा र एकिकृत समाजवादी राष्ट्रिय दल पनि बन्न सकेनन् , हामीले पनि काँग्रेससंग गठबन्धन गरेको भए हाम्रो पनि हबिगत त्यहि हुन्थ्यो । त्यसका कारण एमालेसंगको चुनावी तालमेल गर्ने जसपाको निर्णय आज सहि साबित भएको तर्क उनले गरे ।

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई पूर्व वनमन्त्रीं एंव सांसद प्रदीप यादव ,जसपाका केन्द्रिय सदस्य मधेस प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्धी , केन्द्रिय सदस्य एंव वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।

The post संघीयता रक्षाका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: संघीयता रक्षाका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी
संघीयता रक्षाका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/Upendra-Yadav-Birgunj-2.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_29.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_29.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy