वीरगन्जका पहिलाे मेयर मानन्धरको स्मृतिमा फुटबल प्रतियोगीता : नृसिंह माविकाे विजयी सुरुवात

वीरगन्ज  ,७ फागुन : वीरगन्जका प्रथम मेयर स्वर्गीय केशर प्रसाद मानन्धरको स्मृतिमा अन्तर विद्यालय मेयरकप फुटबल प्रतियोगीता सुरु भएको छ ।

वीरगन्ज भेट्रान्स सिटिले आर्दशनगर रंगशालामा आयाेजना गरेकाे प्रतियोगीतामा नृसिंह माविले विजयी सुरुवात गरेकाे छ । आइतबार भएकाे उद्घाटन खेलमा नृसिंह माविले लिटिल फ्लावर माविलाई ४-० गाेलकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे ।

पहिलो हाफमा १-० काे अग्रता कायम गरेकाे नृसिंह माविले दोस्रो हाफमा ३ गोल थपेर ४-० काे जित हात पारेकाे हाे । नृसिंह माविका लागि दुई गाेल गरेका बिष्णु महत्ताे उद्घाटन खेलकाे म्यान अफ दि म्याच घाेषित भए ।

त्यसअघि प्रतियोगिताकाे उद्घाटन वीरगन्ज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमले गरेका थिए ।

एक हप्ता सम्म संचालन हुने प्रतियोगीतामा सामुदायिक र निजि गरी वीरगन्जका १२ वटा विद्यालयले भाग लिएकाे आयोजक वीरगन्ज भेट्रान्स सिटीका अध्यक्ष सबिन बस्नेतले बताए ।

वीरगन्ज महानगरपालिकाको ३२ वटै वडाहरुमा रहेका विद्यालयका खेलाडिहरुमा खेल प्रति उत्सुकता र जागरुकता ल्याउने उदेश्यले प्रतियोगिता आयाेजना गरिएको वीरगन्ज भेट्रान्स सिटिका प्रथम उपाध्यक्ष सागर शमशेर जबराले बताए ।

उद्घाटन कार्यक्रममा पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष अलिक कलवार , नेपाल फोटो पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ ,नेपाल खेलकुद पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारी यादव , वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी , वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादव , सिटिजन ईन्टरनेशनल बैंक मधेस प्रदेशका प्रमुख दिवश सिंह ठकुरी , निशान्त लामिछाने , युवा नेता सरोज यादव लगायतकाको उपस्थिति रहेको थियो ।

The post वीरगन्जका पहिलाे मेयर मानन्धरको स्मृतिमा फुटबल प्रतियोगीता : नृसिंह माविकाे विजयी सुरुवात appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जका पहिलाे मेयर मानन्धरको स्मृतिमा फुटबल प्रतियोगीता : नृसिंह माविकाे विजयी सुरुवात
वीरगन्जका पहिलाे मेयर मानन्धरको स्मृतिमा फुटबल प्रतियोगीता : नृसिंह माविकाे विजयी सुरुवात
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/received_1654345501651236.jpeg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/02/blog-post_106.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/02/blog-post_106.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy