सरकारले ताेकेकाे उखुको मूल्य कम भएकाले पुर्नविचार गर्न समाजवादी किसान महासंघको माग

मधेसखबर
वीरगन्ज,०८ माघ: सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य कम भएकाले यस बारे पुनर्विचार गर्न समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादी किसान महासंघ नेपालले सरकारसंग माग गरेको छ ।

वीरगन्जमा आइतबार सम्पन्न महासंघको केन्द्रीय सम्पादन समितिकाे बैठकले यस्ताे माग गरेकाे हाे । उखुकाे समर्थन मुल्य प्रति देशभरका किसानहरुले असन्तुष्टी जनाइरहेको हुँदा पुनःविचार गर्नुपर्ने महासंघको माग छ । सरकारले तोकेको उखुको मूल्यले कृषकको लागत खर्च पनि नउठ्ने हुँदा पुनः विचार गरी कृषकको माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता पनि बैठकमा सहभागीहरुले गरेका छन् ।

यस्तै बैठकले कृषकले उत्पादन गरेको धान बिचौलीया तथा व्यापारीकहाँ नगई सरकारले नै उचि मूल्यमा खरिद गर्नुपर्ने माग पनि गरेको छ । सरकारले धानको समर्थन मूल्य तोकेपनि किसानहरुले समयमै मूल्य अनुसारको बिक्री गर्न नपाउने जस्ता विभिन्न जटिलतालाई मध्यनजर गर्दै महासंघले सरकारले नै किसानकाे धान खरिद गर्नुपर्ने माग गरेको हो ।

सरकारमार्फत नै किसानले धान बिक्रि गर्न पाए ठगीने, कम मूल्यमा बेच्नुपर्ने, बजार नपाउने जस्ता समस्याहरुको अन्त्य हुने विश्वास महासंघको छ ।

बैठकमा कृषि ऋण पाउन पनि असहज हुने प्रक्रियाका सम्बन्धमा पनि छलफल भएको महासंघका उपमहासचिव तबरेज अहमदले जानकारी दिए । कृषकलाई सहज र सरल ढंगले कृषि ऋण उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय भएको सचिव अहमदको भनाई छ ।

बैठकले महासंघलाई विस्तार गर्नुका साथै क्रियाशिल बनाउने बारे पनि निर्णय गरेको छ । समाजवादी किसान महासंघको संरचनालाई क्रियाशिल बनाउँदै फागुन ३० गतेसम्म ७ वटै प्रदेशमा प्रदेश समिति गठन र पुर्नगठन गर्ने निर्णय गरेको महासंघका महासचिव ओमकृष्ण विष्टद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । बैठकले महासंघको केन्द्रीय सदस्यमा ४ जना सदस्य पनि मनोनयन गरेको छ । मधेस प्रदेशबाट महाराज यादव, कर्णाली प्रदेशबाट प्रबजन उपाध्याय र लता चौलागाई र लुम्बिनी प्रदेशबाट प्रबजन शाहीलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

The post सरकारले ताेकेकाे उखुको मूल्य कम भएकाले पुर्नविचार गर्न समाजवादी किसान महासंघको माग appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: सरकारले ताेकेकाे उखुको मूल्य कम भएकाले पुर्नविचार गर्न समाजवादी किसान महासंघको माग
सरकारले ताेकेकाे उखुको मूल्य कम भएकाले पुर्नविचार गर्न समाजवादी किसान महासंघको माग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/received_1226021354963778-2.jpeg?resize=1024%2C742&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/01/blog-post_90.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/01/blog-post_90.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy