काठमाडौं ,१६ माघ :निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार हुनेगरी आज साेमबार मिति तोकेको हो। यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गतेलाई तोकिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिकाे निर्वाचन चैत्र ३ गते ताेकिएकाे जानकारी दिए ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।
The post राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते appeared first on Madhes Khabar.