जितपुरसीमरा उपमहानगरमा प्रकृया मिचेर कर्मचारी भर्ना

बारा,०५माघ : बाराकाे जितपुरसीमरा उपमहानगरपालिकाले कानुनी प्रकिया मिचेर कर्मचारी भर्ना गरेको भन्दै स्थानीय भजुनारायाण थारुले अख्तियारमा उजुरी दिएका छन् । जितपुरसीमरा उपमहानगरपालिका वडा नं १४ का थारुले कर्मचारी भर्नासम्बन्धी कार्यविधि मिचेर मुखको भरमा प्राविधिक कर्मचारी छनोट गरिएको भन्दै आयोगमा उजुरी दिएका हुन् ।

‘राजनीतिक पहुँच र आर्थिक चलखेलमा कर्मचारी भर्ना भएको छ, लिखित परीक्षा भएको भए हाम्रो कुनै गुनासो थिएन, यहाँ मुखको भरमा मान्छे लिएको छ,स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा अन्य जिल्लाको मान्छे छनोट भएको छ,’ थारुले भने । उनका छोरा अमन चौधरी भैरहवास्थित एक निजी औषधी उद्योगमा सहायक व्यवस्थापकको रुपमा काम गर्दछन् । फार्मेसीमा स्तात्तक उत्तीर्ण गरेका भजुनारायण थारुका छोरा अमन चौधरीले उपमहानगर फार्मेसी सहायकमा आवेदन दिएका थिए । ‘सकेसम्म यो तुरुन्तै रोकेर सबैले लिखित र प्रयोगात्मक परीक्षा दिनुपर्यो भन्ने हाम्रो माग हो, मौखिक हिसाबले छनोट गरेकोमा मलाई चिक्त नबुझेर अख्तियारमा उजुरी हालेको छु, अव हेरौँ स्थानीय तहले के गर्छ,’ उनले भने ।

जितपुरसिमरा उपमहानगरपालिकाले गत कात्तिक तेस्रो साता सार्वजनिक सूचना निकालेर अधिकृत नवौँ तहको १ जना चिकित्सक, आठौ ँतहको ३ जना मेडिकल अधिकृत, सहायक पाचौँ तहको स्टाफनर्स ३ जना, एनेस्थेसिया सहायक, फार्मेसी सहायक, पशु चिकित्सक र कृषि अधिकृत १–१ जना प्राविधिक जनशक्तीको लागि आवेदन माग गरेको थियो ।

प्राविधिक कर्मचारी छनोटका लागि ‘करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धि कार्यविधि २०७५’ को दफा नं ४ मा प्राविधिक तर्फ ईन्जिनियर, स्वास्थ्य तथा पशु चिकित्सक लगायत अन्य क्षेत्रका लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाइसेन्स) प्राप्त गरेका व्यक्तिले मात्रै आवेदन दिन सक्नेछन् र छनोटका लागि लिखित, प्रयोगात्मक र अन्य परिक्षाको समेत व्यवस्था गरिएको छ । तर,उपमहानगरले आफैले बनाएको कानुनी मापदण्ड विपरीत लिखित र प्रयोगात्मक परीक्षा बिना नै कर्मचारी छनोट गरेको भन्दै विवाद भएको हो ।

कर्मचारी छनोटका लागि प्रकाशित सूचनाको पहिलो बुदाँमा परिक्षाको किसिम अन्तर्वार्ता भनि उल्लेख छ भने तल्लो बुदाँमा परीक्षा कार्यक्रम र अन्तरवार्ता हुने मितिपछि प्रकाशन गरिनेछ भनि उल्लेख गरिएको छ । उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष भोजराज खत्रीले उपमहानगरले आफैले बनाएको कानुन विपरित कर्मचारी भर्ना गरेकोले यस्लाई स्थगित गरेर नयाँ प्रकियाबाट कर्मचारी छनोट गनुपर्ने बताएका छन् ।

करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्न उपमहानगरले निमार्ण गरेको निर्देशिकाको दफा ५ ले प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा विषय विज्ञ सहित ३ जना छनोट समितिमा रहने ब्यवस्था छ । उपमहानगरका प्रवक्ता खत्रीले भने मिलेमतोमा प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित भएर ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख जनकरराज पन्तले अन्तरवार्ता लिएर कर्मचारी छनोट गरेको बताएका छन् ।

यता, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख जनकराज पन्तले भने अन्तरवार्ता समितिमा आफू नरहेको र पर्यवेक्षक रुपमा मात्रै उपस्थित रहेको बताएका छन् । ‘कसरी परीक्षा सञ्चालन गरिरहेका छन् भन्ने कुरा हामीले सतही रुपमा मात्रै हेर्ने हो, अन्तरवार्ताको नम्बर दिने ठाँउमा हाम्रो प्रत्यक्ष संग्लनता छैन’ ईप्रका प्रमुख पन्तले भने । प्रकिया मिचेर कर्मचारी छनोट गरेको विषयमा विवाद सिर्जना भएपनि उपमहानगरले पुस २८ गते नतिजा समेत प्रकाशन गरिसकेको छ ।

याे समाचार राताेपाटी अनलाइनमा पत्रकार शारदा पाेखरेलले लेखेकि छन् ।

The post जितपुरसीमरा उपमहानगरमा प्रकृया मिचेर कर्मचारी भर्ना appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: जितपुरसीमरा उपमहानगरमा प्रकृया मिचेर कर्मचारी भर्ना
जितपुरसीमरा उपमहानगरमा प्रकृया मिचेर कर्मचारी भर्ना
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/IMG_20230119_202906.jpg?resize=951%2C441&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/01/blog-post_34.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/01/blog-post_34.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy