पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा

मधेसखबर
वीरगन्ज,०६ माघ : पर्सामा कुष्ठ रोगका बिरामीको संख्या बढ्दै गएको छ । अन्र्तराष्ट्रय कुष्ठ रोग दिवसको सन्दर्भमा शुक्रबार वीरगन्जमा आयोजित एक कार्यक्रममा पर्सा जिल्लामा अहिले कुष्टरोगका ५४१ जना बिरामी रहेको जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालय पर्साको समन्वयमा द ल्याप्रोसी मिसन नेपालले आयोजना गरेको अभिमूमीखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । पर्सामा हाल कुष्ठ रोगका ५४१ बिरामी रहेकोमा ती मध्ये जटील अवस्थाका ४४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको द ल्याप्रोसी मिसन नेपालकी पर्सा जिल्ला अनुगमन तथा मुल्यांकन अधिकृत रिजु तिवारीले जानकारी दिइन् ।

जिल्लामा सबै भन्दा बढि वीरगन्ज महानगरपालिकामा २०६ जना र ठोरी गाँउपालिकामा भने कुष्ठ रोगका बिरामीको संख्या शुन्य रहेको छ । यस्तै पटेर्वासुगौली गाँउपालिकामा ७० जना , पोखरिया नगरपालिकामा ५१ जना , कालिकामाई गाँउपालिकामा ४१ जना , विन्दवासीननी गाँउपालिकामा ४० जना , जीराभवानी गाँउपालिकामा २६ जना ,बहुदरमाइ नगरपालिकामा २६ जना ,जगरनाथपुर गाँउपालिकामा २३ जना , पकाहा मैनपुर गाँउपालिकामा १७ जना ,छिपहरमाई गाँउपालिकामा १४ जना , सखुवा प्रसौनी गाँउपालिकामा १३ जना ,धोबिनी गाँउपालिकामा ९ जना र पर्सागढी नगरपालिकामा ५ जना कुष्ठ रोगका बिरामी रहेको उनले बताइन् ।

जिल्लामा फेला परेका सबै बिरामी उपचाररत रहेको जानकारी पनि तिवारीले दिइन् । हरेक पालिकाको स्वास्थ्य संस्थाबाट ती बिरामीले स्वास्थ्य उपचार निशुल्क पाइरहेको पनि उनले बताइन् ।

तिवारीका अनुसार , देशभरका सातै प्रदेश मध्ये सबै भन्दा बढि मधेस प्रदेशममा ७४३ जना र सबै भन्दा कम कर्णली प्रदेशमा ६७ जना कुष्ठरोगका बिरामी रहेका छन्। यस्तै देशभरमा भने कुष्ठरोगका कुल बिरामीको संख्या २ हजार १७३ जना रहेको जानकारी पनि उनले दिइन् ।

 

The post पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा
पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/Kustha-Rogi-2.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/01/blog-post_20.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/01/blog-post_20.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy