मधेसखबर
वीरगन्ज ,१८ मंसिर : बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् ।
आइतबार बिहान सकिएकाे मतगणनाकाे अन्तिम परिणाम अनुसार , पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।
The post बाजुराकाे प्रतिनिधि सभा सदस्यमा काँग्रेसका पाण्डे निर्वाचित appeared first on Madhes Khabar.