वीरगन्ज ,२६ मंसिर : जाजरकोटमा साेमबार यात्रुवाहक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप राजमार्गबाट दुई सय मिटर तल खसेको हाे ।
दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा मृत्युु हुनेमा धेरैजसो लेवा गाँउका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनामा तीन जना गंभिर घाइते पनि भएका छन् ।
घाईतेहरुको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए ।
The post जाजरकाेटमा जिप दुर्घटना हुदा ९ जनाको मृत्यु appeared first on Madhes Khabar.