सरकारी विद्यालयकाे बेथिती : जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे

वीरगन्ज ,२० मंसिर : वीरगञ्ज महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष रामकिशोर सिंह पराग मंगलबार बिहान सवा १० बजे अपौनीस्थित नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पुगे ।

विद्यालयको वास्तविक अवस्था बुझ्ने उद्देश्यले उनी विद्यालयको छड्के अनुगमन गर्न पुगेका थिए । उनी पुग्दा विद्यालयमा विद्यार्थी थिए तर शिक्षक थिएनन् । कार्यालय सहयोगीले साढे १० बजेदेखि विद्यालय सञ्चालन हुन्छ भनेर जानकारी गराए । तर साढे १० बजेसम्म कुनै पनि शिक्षक आएनन् । वडा अध्यक्ष रामकिशोरले घण्टी बजाउन लगाए र आफैंले पढाउन सुरु गरे ।

‘बिहान सवा १० बजेतिर विद्यालयमा पुगेको थिएँ, विद्यार्थी थिए, शिक्षक थिएनन् । पिउन मात्रै रहेछन्’, उनले भने, ‘घण्टी बजाउन लगाएर आफैंले पढाउन सुरु गरें ।’

विद्यालयमा प्रधानाध्यापक सहित ४ जना शिक्षक र १६० जना विद्यार्थी अध्ययनरत छन् । वडा अध्यक्ष रामकिशोरका अनुसार बिहान ११ बजेतिर बल्ल सहायक प्रधानाध्यापक जय किशोर पण्डे विद्यालय आइपुगेका थिए ।

‘आएका विद्यार्थीको हाजिर गरें, नआएका शिक्षकको हाजिर काटिदिएँ’, उनी भन्छन्, ‘ढिलो आउने शिक्षकलाई पनि पढाउन मन छ भने पढाउनुस नत्र घर जानु भनेर भनिदिँए ।’

विद्यालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद यादवले ससुरालीमा हनुमान आराधना भएकोले आफू विदामा बसेको जानकारी दिए । ‘सालोको घरमा हनुमान आराधना थियो, त्यसैले म विद्यालय आउन सक्दिन भनेर सहायक प्रअलाई जानकारी गराएको थिएँ’ उनले भने, ‘बाँकी दुई जना शिक्षक किन विद्यालय गएनन मलाई जानकारी छैन, बुधबार विद्यालयमा गएर यसबारेमा स्पष्टीकरण लिन्छु ।’ यसअघिका दिनमा आफू नियमित विद्यालय जाने गरेको दाबी उनको छ ।

वडा अध्यक्ष रामकिशोरले विद्यालय सञ्चालनमा लापरबाही गर्ने प्रधानाध्यापक विरेन्द्र प्रसाद यादव सहित शिक्षकलाई कारबाहीका लागि वीरगन्ज महानगरपालिकासँग अनुरोध गरेका छन् ।

मंगलबार नै उनले महानगरलार्ई पत्राचार गर्दै विद्यालयमा ११ बजेसम्म कुनै पनि शिक्षक उपस्थित नभएको जानकारी गराएका छन् । विद्यालयको शैक्षिकस्तर कमजोर देखिएको भन्दै उनले विद्यालयका सम्पूर्ण शिक्षकलाई अर्को ठाउँमा सरुवा गरेर अर्को शिक्षक टोली खटाईदिन अनुरोध गरेका छन् ।

प्रअ सहित शिक्षकलाई २४ घण्टे स्पष्टीकरण

वीरगन्ज महानगरपालिकाले विद्यालयका प्रधानाध्यापक सहित शिक्षकलाई २४ घण्टे स्पष्टीकरण पत्र काटेको छ । प्रधानाध्यापकलाई स्वयं उपस्थित भएर र शिक्षकलाई प्रअमार्फत २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र काटिएको हो ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले उनीहरुलाई के कति कारणले विद्यालय नआएको हो ? कारबाही नगर्ने हो भने किन नगर्ने ? भनी २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।

‘वडा नं. २० का वडा अध्यक्षले अपौनीस्थित विद्यालयको अनुगमन गर्दा प्रअ सहित शिक्षक अनुपस्थित रहेको गराउनुभएको छ’, उनले भने, ‘उनीहरुलाइ किन कारबाही नगर्ने ? भनेर २४ घण्टाभित्र जवाफ दिन भनेका छौं ।’ याे समाचार अनलाइनखबरमा पत्रकार सुरेश बिडारीले लेखेका छन् ।

The post सरकारी विद्यालयकाे बेथिती : जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: सरकारी विद्यालयकाे बेथिती : जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे
सरकारी विद्यालयकाे बेथिती : जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/IMG_20221206_211829.jpg?resize=961%2C582&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_65.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_65.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy