काे बन्छ मधेसकाे मुख्यमन्त्री ?

वीरगन्ज ,१२पुस:केन्द्रमा भएको सत्ता समीकरण हेरफेरले मधेस प्रदेशको राजनीतिमा पनि तरंगित बनेको छ।

केन्द्रमा जस्तै यहाँ पनि सरकारको नेतृत्वका लागि तयारी गरिरहेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने अवस्था बनेको छ।

संघकै मोडलमा यहाँ पनि नयाँ गठबन्धनबाट प्रदेश सरकार बन्ने देखिन्छ। तर कुन दलले मुख्यमन्त्री लिने टुंगो छैन। केन्द्रबाट सत्ता गठबन्धनले कुन प्रदेश कुन दलले लिने निर्णय गरेका छैनन्। मधेस पनि केन्द्रकै निर्णय कुरेर बसेको छ।

मधेसमा अबको मुख्यमन्त्रीका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीले दाबी गरेका छन्।

मधेस प्रदेशमा कुनै पनि दलले प्रदेश सभा दल नेता चयन गरेका छैनन्। दल नेता मुख्यमन्त्रीका लागि दाबेदार हुन्छन्।

१०७ सदस्यीय मधेश प्रदेश सभामा ६ स्वतन्त्र सांसदसहित १० दलको प्रतिनिधित्व छ।

सरकार बनाउन ५४ जना सांसदको समर्थन चाहिन्छ।

२३ सिटसहित एमाले यहाँ सबैभन्दा ठूलो दल छ। कांग्रेसको २२, जसपाको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८ र एकीकृत समाजवादीको ७ सांसद छन्।

स्वतन्त्रले ६ र राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक—एक सिट जितेको छ।

केन्द्रमा भएको गठबन्धन अनुसार मधेसमा एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा सदस्यको संख्या जोड्दा ६२ पुग्छ।

एमालेका एक नेताका अनुसार पार्टीले यहाँ सभामुख लिएर जसपा वा जनमतमध्येका एकलाई मुख्यमन्त्री दिन सक्छ।

‘को मुख्यमन्त्री हुने र मन्त्रालय कसले कुन लिने अहिलेसम्म केही आइसकेको छैन। जसपालाई नै मुख्यमन्त्री दिनेमा पार्टी लचकै देखिन्छ तर जनमतले पनि दाबी गरेकाले अहिले भन्न सकिएन,’ उनले भने।

एमालेकी प्रदेशसभा सदस्य शारदा थापाले ठूलो दलको हैसियतले मधेसमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरिन्। तर पार्टी केन्द्रले गर्ने निर्णय आफूहरूले स्वीकार गर्ने उनको भनाइ थियो।

एमालेबाट प्रदेशसभा सदस्य राजकुमार लेखी र रामचन्द्र मण्डल संसदीय दलका नेताका लागि दाबेदार छन्।

सरकार गठनमा निर्णायक जसपाका प्रदेश सभा सदस्य राम अशिष यादवले मुख्यमन्त्रीमा आफ्नो पार्टीको पनि दाबी स्वभाविक रहेको बताए।

‘केन्द्रमा जसरी गठबन्धन बनेको छ त्यस हिसाबले जसपाले मधेश प्रदेशको नेतृत्व पाउने निश्चितजस्तै छ। तर औपचारिक निर्णय हुन बाँकी छ,’ उनले भने।

जसपाबाट मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोज यादव र पूर्वउपनेता रामअशिष यादव दलको नेताका प्रमुख दाबेदार छन्।

केन्द्रमा सरकारमा गएको जनमत पार्टीले मधेसको मुख्यमन्त्री आफूहरूलाई चाहिने अडान राखेको छ।

जनमतका अध्यक्ष सिके राउतले मधेसको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने बताइरहेका छन्। जनमत पार्टीले पाएमा कसलाई मुख्यमन्त्री बनाउने निश्चित छैन।

प्रदेश सरकार गठनको विषयमा औपचारिक छलफल हुन बाँकी रहेकाले नेतृत्व र मन्त्रालय भागबन्डाबारे अहिले केही थाहा नभएको माओवादीका प्रदेश सभा सदस्य रहबर अन्सारीले बताए।

माओवादीबाट भरत साह संसदीय दलका नेताका दाबेदार छन्।

सांसदहरुको शपथलगतै दलहरुले संसदीय दलको नेता चयन गर्ने र त्यसपछि मात्रै मुख्यमन्त्री तय हुने नेताहरु बताउँछन्।

मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ पुस १५ गते तय भएको छ।

प्रदेश सभाका ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेले सांसदहरूलाई शपथ खुवाउनेछन्।साभार:सेताेपाटी

The post काे बन्छ मधेसकाे मुख्यमन्त्री ? appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: काे बन्छ मधेसकाे मुख्यमन्त्री ?
काे बन्छ मधेसकाे मुख्यमन्त्री ?
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/madhes-sarakr.jpg?resize=1024%2C621&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_619.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_619.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy