प्रमोद यादव
पर्सा,१९मंसिर : पर्साको ग्रामीण क्षेत्रमा चिसो बढेसंगै स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्या बढेको छ ।चिसो बढेसंगै भाईरल ज्वरो, रुघाखोकी,कोल्डडायरीया,निमुनिया लगायतका स्वास्थ्य समस्या भएका बिरामीहरुको संख्या बढेको स्वासथ्यकर्मीहरुले बताएका छन् ।
सखुवा प्रसौनी गाउँपालिकाको स्वस्थ्य शाखा प्रमुख राजेस रौनियारका अनुसार, पालिका भित्रका स्वास्थ चौकीहरुमा दिनहु १५० देखि २०० सम्मको संख्यामा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । ती मध्ये ज्वरो ,रुघाखोकी, निमुनिया,झडापखालार चर्म रोगको विरामीहरु सबै भन्दा बढी रहेको उनले बताए ।
यस्तै चर्मरोग , उच्च रक्तचाप र महुमेहका बिरामीहरु पनि आउने गरेको उनले जानकारी दिए ।बिरामीको संख्या बढेसंगै स्वास्थ्य संस्थामा औषधीको अभाव भएको पनि उनले बताए ।
सखुवा प्रसौनी गाउँपालिका ४ की कलावती देवी माझीले मधुमेह, उच्च रक्तचाप र थाईराइडको औषधी स्वास्थ चौकीमा उपलब्ध नहुदा गरिब विपन्नहरु समस्यामा परेको गुनासो गरिन् ।
स्वास्थ्य शाखा प्रमुख रौनियारले भने उच्च रक्तचाप , मधुमेह र थाइराइड जस्ता दीर्घकालीन रोगको औषधी स्वास्थ्इ संस्थाबाट निशुल्क उपलब्ध हुने प्रावधान रहेको तर त्यस्ता समस्या भएका बिरामीहरु पनि आइरहेका कारण समस्या भएको बताए ।
The post चिसो बढेसंगै पर्साको ग्रामीण भेगमा बिरामीको संख्यामा बृद्धि appeared first on Madhes Khabar.