मुख्यमन्त्री माग्ने हैसियत जनमत पार्टीसंग छैन : काँग्रेस सांसद रिजाल

मधेसखबर
वीरगन्ज ,२३ मंसिर :प्रतिनिधिसभा सदस्य (सांसद्) रमेश रिजालले मुख्यमन्त्री पाउने जनमत पार्टीको अहिले हैसियत नभएको बताएका छन् ।

शुक्रबार बिहान एक रेडियो कार्यक्रममा अन्तर्वार्ता दिँदै नवनिर्वाचित सांसद् रिजालले भर्खरै गठन भएको जनमत पार्टीले मुख्यमन्त्री माग्ने हैसियत नभएको बताएका हुन् । ‘जनमत पार्टीले मुख्यमन्त्री मागेर हुँदैन । आफ्नो त्यो हैसियत पनि हुनुपर्‍यो । विस्तारै उहाँहरु पनि अगाडि बढेर मन्त्री पाउनुहोला, मुख्यमन्त्री नै कसरी दि हाल्ने,’ रिजालले भने ।

मधेश प्रदेशमा सरकार गठनका लागी कुनै दलसँग पूर्ण बहुमत नभएको खण्डमा गठबन्धनमा सहभागी हुन् जनमत पार्टीले आफूलाई मुख्यमन्त्री पाउनुपर्ने माग अघि सारेको छ ।

 

नेपाली कांग्रेसका नेता समेत रहेका रिजालले समानुपातिकतर्फको पुरुष सांसद् पूर्व पदाधिकारीलाई बनाउने कि पदाधिकारीलाई बनाउने भन्ने मापदण्ड नबनेको पनि प्रष्ट पारेका छन् । ‘कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । त्यसमा तीन जना मात्र पुरुषले पाउनुहुन्छ । महाभारत भए पनि रामायण भए पनि छान्नै पर्‍यो । गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत सबै योग्य छ । जीवन परियार, फर्मुल्लाह मन्सुरको दाबी पनि उचित हो । अहिले मेरो, तपाईँको अनुमान मात्र हो । पार्टीको बैठक नबसीकन कसरी भन्न सकिन्छ ? हामीले चाहेर मात्र हुँदैन । बहुमतले जे तय गर्छ, त्यही हुन्छ,’ रिजालले भने ।

रिजालले गठबन्धनको बहुमत पुग्ने र शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने ठोकुवा पनि गरे । उनले थपे, ‘गठबन्धनको बहुमत पुग्छ । जसपा, जनमत र केही स्वतन्त्रहरु गठबन्धनमा आउँछन् । प्रधानमन्त्रीमा तत्काल शेरबहादुर देउवाको विकल्प छैन । मलाई आलोपालोको ज्ञान भएन । जनतालाई स्थिर सरकार दिन्छु भन्ने अनि ६-६ महिनामा प्रधानमन्त्री आलोपालो गरिरहने ? पाँच वर्षको प्रधानमन्त्री देउवा नै हो ।’ प्रधानमन्त्रीका निम्ति गठबन्धन तोडिने कल्पना नगरेको पनि रिजालले बताए ।

 

प्रधानमन्त्री बन्नका निम्ति रामचन्द्र पौडेलसँग प्रयाप्त शक्ति नभएको र गगन थापा थापाको अहिले प्रधानमन्त्री बन्ने समय नआएको बताउँदै रिजालले भने, ‘गगनको समय आइसकेको छैन ,पछि पछिका लागि भूमिका बनाउनुभएको हो ,संसदीय दलमा उहाँले देउवालाई हराउन सक्नुहुन्न , रामचन्द्र पौडेलले बन्छु भनेर मात्र हुँदैन, आफ्नो शक्ति पनि हुनुपर्छ ,अब देउवालाई रामचन्द्र, प्रकाशमानले पनि सहयोग गर्नुपर्छ , पछि पालो आउँछ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल पनि प्रधानमन्त्री नबन्ने उनको भनाई छ ।

मधेस प्रदेशमा कांग्रेस हुनुपर्ने जति बलियो नदेखिएको पनि रिजालले स्वीकारे । उनले भने, ‘कांग्रेसको कन्जबिजोग भएको छैन । एमाले हामीभन्दा ठूलो पार्टी भएको सत्य हो । मधेश प्रदेशमा गठबन्धनकै सरकार बन्ने सम्भावना छ । मुख्यमन्त्री को बन्ने तय भएको छैन ।’ साभार: यात्रा डेलि

The post मुख्यमन्त्री माग्ने हैसियत जनमत पार्टीसंग छैन : काँग्रेस सांसद रिजाल appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मुख्यमन्त्री माग्ने हैसियत जनमत पार्टीसंग छैन : काँग्रेस सांसद रिजाल
मुख्यमन्त्री माग्ने हैसियत जनमत पार्टीसंग छैन : काँग्रेस सांसद रिजाल
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/IMG_20221209_145658.jpg?resize=1024%2C783&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_45.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_45.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy