अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ

मधेसखबर
वीरगन्ज,२२ मंसिर : वीरगन्ज महानगरपालिकाले संस्थागत विधालय (नीजी विधालय ) का बारेमा गरेको वर्गिकरण र शुल्क निर्धारण प्रति अभिभावक संघर्ष समितिले आपत्ति जनाउदै उक्त निर्णय खारेज गर्न माग गरेको छ ।

महानगरपालिकाले गठन गरेको विधालय स्तरीकरण तथा शुल्क निर्धारण समितिले वीरगन्ज महानगरमा रहेका ५८ वटा निजी विधालयहरुको क , ख ,ग र घ गरि चार वर्गमा वर्गिकरण त्यस अनुसार मासिक शुल्क निर्धारण गरेको छ । समितिले मंसिर १९ र २० गते गरेको उक्त निर्णय महानगरपालिकाको कार्यालयले बिहीबार सार्वजनिक गरेपछि अभिभावक संघर्ष समितले उक्त निर्णय प्रति आपत्ति जनाउदै खारेजीको माग गरेको हो ।

बिहीबार साँझ संघर्ष समितिका अध्यक्ष सन्दिप साहले एक प्रेस विज्ञप्ति जारी गर्दै निजी विधालयहरु बारे महानगरपालिकाले गरेको वर्गिकरण र शुल्क निर्धारणको निर्णय प्रति समितिको पूर्ण असहमति रहेको बताएका छन् ।साहका अनुसार, शिक्षा नियमवालीमा , वर्गिकरण तथा शुल्क निर्धारण समिति गठन हुदा समितिमा अभिभावक संघका पनि दुइ जना प्रतिनिधी हुनु पर्ने प्रावधान हुदा हुदै पनि समितिमा अभिभावक संघ र अभिभावक संघर्ष समितिका एक जना पनि प्रतिनिधी नराखिकन समिति गठन गरिएको थियो ।

त्यसपछि संघर्ष समितिसंग महानगरपालिकाले गरेको छलफलमा वर्गिकरण तथा शुल्क निर्धारण समितिमा पनि संघर्ष समिति, एन प्याब्सन र प्याब्सनका समिक्षा बैठक बसेर मात्रै समतिको निर्णय सार्वजनिक गर्ने सहमति भएको भएपनि उक्त सहमति विपरित बिहीबार महानगरपालिकाले संघर्ष समितिसंग कुनै छलफल र समीक्षा नगरि अचानक वर्गिकरण तथा शुल्क निर्धारण समितिको निर्णय सार्वजनिक गरेको आरोप संघर्ष समितिका अध्यक्ष साहले लगाएका छन् ।

प्रेस विज्ञप्तिमा अध्यक्ष साहले निजी विधालयहरुको बर्गिकरण र शुल्क निर्धारणमा निजी विधालका सन्चालकहरुको मिलोमतोमा उनिहरुलाई नै फाइदा पुग्ने गरि षडयन्त्र गरिएको बताएका छन् । त्यसकारण उत्तः निर्णय खारेज गर्नु पर्ने उनको भनाइ छ ।

बिहीबार दिउँसो महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले महानगरमा रहेका निजी विधालयहरुलाई चार वर्गमा बर्गिकरण गरि त्यसै अनुसार मासिक शुल्क निर्धारण गरिएको सार्वजनिक गरेका थिए । जस अनुसार , महानगरका ५८ निजी विधालयहरुलाई उनिहरुको स्तर अनुसार क, ख , ग र घ गरि चार वर्गमा बर्गिकरण गरिएको छ । क वर्गमा ६ वटा , ख २४ वटा , वर्गमा , ग  वर्गमा २७ वटा र घ वर्गमा १ वटा विधालय परेका छन् । क वर्गमा परेका विधालयका लागि मासिक शुल्क नर्सरीका लागि २०९३ रुपैया र १२ कक्षाको शुल्क ४६०४ रुपैया निर्धारण गरिएको छ ।

उक्त निर्णयमा निजी विधालयले धरौटी रकम १ महिनाको मासिक शुल्क बराबर र वार्षिक भर्ना शुल्क २ महिनाको मासिक शुल्क बराबरको रकम भन्दा बढि नलिन पनि निर्देश गरिएको छ । यस्तै अहिले निर्धारण गरिएको शुल्क , शैक्षिक सत्र २०७९ को जेठ महिना देखि लागु गरि यसअघि लिइएको शुल्क समायोजन गर्न पनि वीरगन्ज महानगरपालिकाले निजी विधालयहरुलाइ निर्देशन दिएको छ ।

महानगरका मेयर राजेशमान सिंहले भने निजी विधालयको वर्गिकरण र शुल्क निर्धारण विधी , प्रकृयाले गरिएकाले यस बारे भ्रम नछर्न आग्रह गरेका छन् । उनले हचुवाका भरमा नभइ सरोकारवाला र शिक्षा विज्ञहरु सम्मिलित वर्गिकरण तथा शुल्क निर्धारण समितिले हरेक विधालयको अनुगमन गरेको र त्यसकै आधारमा वर्गिकरण गरि शुल्क निर्धारण गरेको बताए ।

यसभन्दा अघि निजी विधालयले लिदै आएको शुल्क पनि कम लिने गरि अहिलेको निर्णय गरिएको बताउदै उनले भने ,‘ यदि कसैलाई चित्त बुझेको छैन भने आएर हेर्दा हुन्छ , केहि तलमाथि गरेको जस्तो लाग्छ भने तर्कसंगत कुरा राखे हुन्छ , हामी त्यसलाई समिक्षा गर्न तयार छौ , तर अभिभावक संघर्ष समितिको नाममा अराजकता मच्चाउन र भ्रम फैलाउन कसैले पनि पाउदैन ।

मेयर सिंहले वर्गिकरण तथा शुल्क निर्धारण समितिले अहिले गरेको निर्णयले यसअघि पिडित भएका अभिभावकहरुले राहत पाउने जिकिर पनि गरे ।

The post अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ
अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/birgunj-mahanagarpalika-1.jpg?resize=1024%2C576&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_36.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_36.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy