पत्रकार सर्राफको परिवारलाई वीरगन्ज महानगरबाट ५ लाख र रेडियो वीरगन्जबाट १ लाख सहयोग

मधेसखबर
वीरगन्ज,२५ मंसिर : वीरगन्जका पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगन्ज महानगरपालिकाले तत्काल ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

स्वर्गीय सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार वीरगन्जमा समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले स्वर्गीय सर्राफका परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

यसका साथै स्वर्गीय सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाले १० लाख रुपैया उपलब्ध गराउने घोषणा पनि मेयर सिंहले गरे ।मेयर सिंहले सर्राफकी छोरीको १० कक्षा सम्मको पठनपाठनको जिम्मा पनि महानगरपालिको लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।पत्रकार सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले वीरगन्जका पत्रकारहरुको दुख पिडामा महानगर सदैव साथमा रहने प्रतिबद्धता पनि जनाए ।

आइतबारको श्रद्धान्जलीसभामै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगन्जले १ लाख रुपैया, समाजवादी प्रेस संगठन पर्साले १ लाख रुपैया र राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले पनि ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जराले पत्रकारीताका माध्यमले सर्राफले समाजमा पुरयाएको योगदानको चर्चा गर्दै उनको परिवारको जिविकोपार्जनका लागि पत्रकार महासंघले छिटटै निर्णय लिने जानकारी गराए ।
आगामी पुष १ गते हुने पत्रकार महासंघ पर्सा शाखाको वार्षिक साधरणसभामा सर्राफको स्मृतिमा स्मृति कोष स्थापनाको औपचारिक निर्णय गरिने पनि बन्जाराले बताए ।

पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको यहि मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।
रेडियो वीरगन्जका अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा संविधानसभा सदस्य रामचन्द्र साह तेली , निवर्तमामन प्रदेशसभा सदस्य राजेश्वर साहका साथै राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सन्चारकर्मी लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए ।

The post पत्रकार सर्राफको परिवारलाई वीरगन्ज महानगरबाट ५ लाख र रेडियो वीरगन्जबाट १ लाख सहयोग appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पत्रकार सर्राफको परिवारलाई वीरगन्ज महानगरबाट ५ लाख र रेडियो वीरगन्जबाट १ लाख सहयोग
पत्रकार सर्राफको परिवारलाई वीरगन्ज महानगरबाट ५ लाख र रेडियो वीरगन्जबाट १ लाख सहयोग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/naresh-ji-1.jpg?resize=1024%2C575&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_26.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_26.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy