पर्सामा ४५ हजार भन्दा बढि मत बदर

मधेसखबर
वीरगन्ज,१६ मंसिर : मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लामा प्रत्यक्ष र समानुपातिक तर्फ गरी ४५ हजार ७२५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

निर्वाचन कार्यालयका पर्साका अनुसार प्रत्यक्ष तर्फ खसेको कुल मतमध्ये ३.८९ प्रतिशत मत बदर भएको छ । त्यस्तै समानुपातिक तर्फ खसेको कुल मतमध्ये ५.७५ प्रतिशत मत बदर भएको हो ।पर्साका चार निर्वाचन क्षेत्र र आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा गरि प्रत्यक्ष तर्फ १८ हजार ४१९ मत र समानुपातिक तर्फ २७ हजार ३०६ मत गरी ४५ हजार ७२५ मत बदर भएको हो ।

प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कूल ५१ हजार २११ मत खसेकोमा २ हजार ५९१ मत अर्थात ५.०६ प्रतिशत मत बदर भएको छ ।प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा भने सबै भन्दा बढि ५.२० प्रतिशत मत बदर भएको छ । उक्त क्षेत्रमा ५८ हजार ५४७ मत खसेकोमा ३ हजार ४६ मत अर्थात ५.२० प्रतिशत मत बदर भएको हो ।

प्रत्यक्ष तर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा ६४ हजार ३२४ मत खसेकोमा २ हजार ६५१ अर्थात ४.१२ प्रतिशत र क्षेत्र ४ मा ६२ हजार २१९ मत खसेकोमा २ हजार १०३ मत अर्थात ३.३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता  झाले जानकारी दिइन् ।

 

यसैगरि प्रदेशसभाको प्रत्यक्ष तर्फ सबैभन्दा बढी क्षेत्र नंबर को २ (क) मा मत बदर भएको छ । ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्साको क्षेत्र नंबर २ को (क) मा ३१ हजार ४५७ मत खसेकोमा १ हजार ३७१ मत अर्थात ४.३६ प्रतिशत मत बदर भएको छ ।सबैभन्दा कम क्षेत्र नंबर ४ को (ख ) मा ८७८ मत अर्थात २.६९ प्रतिशत मत बदर भएको छ ।

 

बदर मत प्रत्यक्ष भन्दा सामानुपातिकमा बढि

पर्सामा प्रत्यक्षको भन्दा सामानुपातिक तर्फ भने बढि मत बदर भएको जिल्ला निर्वाचान कार्यालय पर्साले जनाएको छ ।
प्रतिनिधिसभाको समानुपातिक तर्फ ४.७९ प्रतिशत मत बदर भएको छ ।

जिल्लाका चार वटै प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा गरि समानुपातिक तर्फ कूल २ लाख ३६ हजार ६५० मत खसेकोमा ११ हजार ३४७ मत अर्थात ४.७९ प्रतिशत मत बदर भएको हो ।यस्तै प्रदेशसभामा पनि आठ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा गरि समानुपातिक तर्फ कूल २ लाख ३७ हजार ४१७ मत खसेकोमा त्यस मध्ये १५ हजार ९५९ मत अर्थात ६.७२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यलय प्रमुख झाले बताइन् ।

 

२०७४ को भन्दा यसपालि बदर मतको संख्या आधा

निर्वाचन आयोगको तथ्याङक अनुसार , पर्सामा २०७४ को निर्वाचनको भन्दा यसपालि मंसिर ४ मा भएको निर्वाचनमा भने बदर मतको संख्या निक्कै कम भएको छ ।

आयोगको तथ्याङक अनुसार , २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्सामा प्रत्यक्ष र सामानुपातिको गरि औसतमा ९.३७ प्रतिशत मत बदर भएको थियो । तर यसपालिको निर्वाचन त्यो प्रतिशत घटेर ४.८२ प्रतिशतमा झरेको हो ।
मतदाता शिक्षा प्रभावकारी भएको र मतपत्रहरु पनि छुटटा छुटटै भएका कारणले यसपटकको निर्वाचनमा पर्सामा बदर मतको संख्या विगतको निर्वाचनको भन्दा कम भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले बताइन् ।

उनले भनिन् ,‘ हामीले विभिन्न पालिकाहरुमा निर्वाचन अगाडि नमूना मतदान गराएका थियौ , जिल्लाकै सन्चारमाध्यमहरुबाट मतदाता शिक्षाको प्रचारप्रसार पनि गराएका थियौं , १४ वटै पालिकामा फोकल पर्सन पनि राखेका थियौ ।यसका साथै प्रत्येक पालिकाले हरेक वडामा एक जना महिला स्वंयसेविकालाई घरघरमा पठाएर मतदातालाई मतदान गर्ने शिक्षा प्रदान गरेको पनि झाले बताइन् ।यसका साथै यसपालिको निर्वाचनमा चार वटा बेग्ला बेग्लै मतपत्र भएकाले पनि मतदातालाई मतदान गर्ने अलमल नभएकाले पनि बदर मतको संख्यामा कमी आएको झाले बताइन् ।

 

The post पर्सामा ४५ हजार भन्दा बढि मत बदर appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सामा ४५ हजार भन्दा बढि मत बदर
पर्सामा ४५ हजार भन्दा बढि मत बदर
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/Vote-Countion-in-Parsa-2.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_15.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_15.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy