बालक निरजकाे अपहरण र हत्या उनलाई पढाउने शिक्षकले नै गरेकाे खुलाशा

वीरगन्ज ,१३ पुस : वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वाटाेलका बालक १४ वर्षिय निरज कुमार पासवानकाे अपहरण गरि हत्या गर्नेमा उनकै शिक्षक रहेकाे खुलाशा भएकाे छ ।

निरजकाे हत्या आराेपमा पक्राउ परेका दुई जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेपछि याे खुलाशा भएकाे हाे ।

श्रीराम पासवानका छाेरा १४ वर्षिय निरजकाे मंसिर ५ गते अपहरण भएकाेमा पुस १० गते उनकाे शव सिर्सिया खल्वा टाेलकै गुरुकुल पन्ना मेमाेरियल बाेर्डिङ्ग स्कुलकाे पुरानाे भवन अगाडिकाे शाैचालयकाे सेप्टी ट्याङ्कीबाट बरामद भएकाे थियाे ।

अपहरण र हत्यामा संलग्न रहेकाे आराेपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौ निवासी २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदौडपिप्रा घर भइ हाल सिर्सिया खल्वाटाेलमा रहेकाे गुरुकुल पन्ना मेमाेरियल इङ्गलीश बाेर्डिङ स्कुलमा अध्यापनरत शिक्षक ३० वर्षीय दिलिप कुमार पटेललाई प्रहरीले बुधबार सार्वजनिक गरेकाे हाे।मृतक निरज, त्यहि विधालयमा कक्षा ८ मा अध्ययनरत थिए ।ती दुई मध्ये एक जनालाई पुस ९ र अर्को एक जनालाई पुस १२ गते पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक काेमल शाहले जानकारी दिए ।घटनामा संलग्न अर्को एक जना फरार रहेकाले खाेजी भइरहेको पनि उनले बताए ।

मंसिर ५ गते अपहरणमा परेका निरजका अभिभावकसंग अपहरणकारीले ५० लाख रुपैया फिराैती मागेकाेमा उक्त रकम नपाएपछि हत्या गरेर शव सेप्टि ट्याङ्कीमा लगेर फालेकाे अनुसन्धानका क्रममा खुलेकाे प्रहरी उपरीक्षक शाहले बताए।

नीरजकाे अपहरण र हत्या कसरी भयाे ?

गुरुकुल पन्ना मेमोरियल इङ्गलिस बोर्डिङ् स्कूलको कक्षा ८ मा निरज अध्ययनरत थिए । त्यही विद्यालयमा गणीत विषय पढाउँथे दिलिपकुमार पटेल । श्याम प्रसाद यादवले पनि निरजलाई नजिकबाटै चिनेका थिए ।

प्रहरीका अनुसार ति दुवै जनालाई पैँसाको आवश्यकता थियो । त्यही आवश्यकतालाई पूरा गर्न दिलिप र श्यामले अपहरण गरेर फिरौती रकम माग्ने योजना बनाए । त्यसपछि उनीहरुले सिजिलैसँग अपहरण गर्न मिल्ने व्यक्तिको पहिचान गर्न थाले र दुवै जनाले नजिकबाटै चिन्ने निरजलाई छाने ।

आफैले पढाउने स्कूलको विद्यार्थी भएको हुँदा निरजलाई पनि शिक्षकसँग भेट्न कुनै शङ्का उत्पन्न भएन । मङ्सिर ४ गते आम निर्वाचनकै दिन निरजलाई आफूसँग भेट्न उनीहरुले बोलाए । त्यस दिन निरज आउन नसकेपछि ५ गते भेट्न पुगे । भेटीसकेपछि अपहरणकारीले निरजलाई सिर्सिया खल्वाटाेल स्थित श्यामकाे घरमा लगे। हातखुट्टा बाँधी मुखमा टेप लगाएर बन्धक बनाइ राखेको प्रहरीले जनाएको छ ।

अपहरण गरेकै दिन हातखुट्टामा बाँधीएको डोरी फुकालेर निरज भाग्ने क्रममा दिलिप र श्यामले निरजलाई समातेर घाँटी थिची हत्या गरको अनुसन्धानबाट खुल्न आएको प्रउ शाहले दावी गरे ।

घटनास्थलबाट फिरौती रकम माग गर्न प्रयोग भएको सिम कार्डसहितको १ थान मोबाइल, मृतकको निलो रङ्गको जिन्स पाईन्ट र खैरो रङ्गको पेटी पनि बरामद गरिएको शाहले जानकारी दिए।

पक्राउ परेकाहरुविरुद्ध पर्सा जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक बनाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रउ शाहले जानकारी दिए ।

The post बालक निरजकाे अपहरण र हत्या उनलाई पढाउने शिक्षकले नै गरेकाे खुलाशा appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: बालक निरजकाे अपहरण र हत्या उनलाई पढाउने शिक्षकले नै गरेकाे खुलाशा
बालक निरजकाे अपहरण र हत्या उनलाई पढाउने शिक्षकले नै गरेकाे खुलाशा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/321669679_522226296604796_6021142533684426452_n.jpg?resize=768%2C1024&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/12/blog-post_114.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/12/blog-post_114.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy