पर्सा-१ मा कर्णलाई जिताउन काँग्रेस नेताहरु खुलेर लागे

वीरगन्ज, १८ कार्तिक : नेपाली काँग्रेस पर्साका नेताहरुले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा आफुहरुको उम्मेदवार लक्ष्मणलाल कर्ण नै भएकाले भ्रममा नपर्न आफना पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

सत्तागठबन्धनका साझा उम्मेदवार कर्ण नै भएकाले कर्णलाई विजयी बनाउन काँग्रेसले कुनै कसर बाँकी नराख्ने उनिहरुको भनाई छ ।

गठबन्धनको निर्णय विपरित अन्य उम्मेदवारको पक्षमा लाग्ने नेता कार्यकर्तालाई पार्टीले कारबाही गर्ने चेतावनी पनि उनिहरुले दिएका छन् ।

वीरगन्जबाट प्रकाशन हुने मधेसखबर अनलाइन पत्रिकाको चुनावी चर्चामा कुरा गर्दै काँग्रेस पर्साका पूर्व उपसभापति प्रकाश उपाध्यायले पर्सा १ मा गठबन्धनका उम्मेदवार कर्ण नै भएकाले कर्णलाई जिताउनु पर्ने पार्टीको नैतिक जिम्मेवारी भएको बताए ।

पार्टीको निर्णय हरेक नेता कार्यकर्ताले मान्नै पर्ने भन्दै उनले भने, ‘पार्टीले गठबन्धन गरेर चुनाव लडेको छ, त्यसका कारण गठबन्धनको उम्मेदवार भनेका लक्ष्मणलाल कर्ण ज्यु नै हो, यदि कसैलाई चित्त बुझेको छैन भने त्यो आफनो ठाँउमा होला तर पार्टीले गठबन्धन गरिसकेकाले कर्ण नै काँग्रेसको उम्मेदवार हुनुहुन्छ त्यसकारण दाँया बाँया गर्ने हक कुनै पनि नेता कार्यकर्तालाई छैन, कर्णलाई जिताउनु पर्ने हाम्रो दायित्व हो ।’

तर पार्टीको निर्णय विपरित बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीको प्रचार प्रसारमा काँग्रेसकै नेता कार्यकर्ता लागिरहेका छन् नि ? भन्ने प्रश्नमा काँग्रेस पर्साका नेता उपाध्यायले भने, ‘त्यो सरासर पार्टीको निर्णय र अनुशासन तोडेको हो, त्यस्ता नेता कार्यकर्तालाई पार्टीले छिट्टै कारबाही गर्छ ।’

उपाध्यायले काँग्रेस पर्साको बैठक बसेर पार्टीको निर्णय विपरित अनुशासनहिन गतिविधी गरिरहेकाहरुलाई कारबाहीको निर्णय गर्ने जानकारी पनि दिए ।

चुनाव पछि द्विवेदी फेरि काँग्रेसमै फर्किने चर्चा छ नि भन्ने प्रश्नमा उपाध्यायले भने, ‘पार्टीको निर्णय विपरित उम्मेदवार बनेकाहरुलाई केन्द्रिय कार्य समितिले ५ वर्षका लागि साधरण सदस्यबाटै निलम्बित गरिसकेको छ, चुनाव पछि पनि यो निर्णय कायमै रहन्छ ।’

पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका द्विवेदीलाई पार्टीले यसअघि पटक पटक अवसर दिएको र पटक पटक सार्वजनिक लाभको पदमा पनि बसिसकेकोले उनि माथि पार्टीले कहिले पनि अन्याय नगरेको उपाध्यायले बताए ।

उपाध्यायले भने, ‘द्विवेदी जी एक पटक उपमेयर हुनुपयो, एक पटक सांसद पनि हुनु भयो , मेयरमा पार्टीले चुनाव लडाएकै हो, उहालाई पार्टीले पटक पटक अवसर दिएकै हो, यसपालि गठबन्धनका कारण पर्सा १ काँग्रेसको भागमा परेन, परेको भए पार्टीले उहालाई उम्मेदवार बनाउथ्यो नै, अब तपाइ नै भन्नुस् एक पटक टिकट नपाउदैमा पार्टीले अन्याय गरयो भन्नु कहा सम्मको उचित हो ?

नेता उपाध्यायले विषम परिस्थितीमा पाँच दलीय गठबन्धन बनेको र लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनका उम्मेदवारलाई इमान्दारिपूर्वक लागेर विजयी बनाउन काँग्रेसका नेता कार्यकर्तालाई अपिल पनि गरे ।

The post पर्सा-१ मा कर्णलाई जिताउन काँग्रेस नेताहरु खुलेर लागे appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सा-१ मा कर्णलाई जिताउन काँग्रेस नेताहरु खुलेर लागे
पर्सा-१ मा कर्णलाई जिताउन काँग्रेस नेताहरु खुलेर लागे
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/prakash-upadhyaya_cover.jpg?resize=1200%2C630&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_87.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_87.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy