मधेसखबर
वीरगन्ज ,०२ मंसिर : बाराको दक्षिणी क्षेत्रमा रहेको कवलपुर मतदान केन्द्रका कर्मचारीहरु यतिवेला परालमै सुतेर निर्वाचन गराउँदै छन्।
सिम्रनगढ नगरपालिकाको सीमावर्ती वडा नम्बर ७ मा रहेको उक्त मतदान केन्द्र अति संवेदनशील केन्द्र हो। निर्वाचनका बेला सीमानाका सिल गरिए पनि खुल्ला सिमानाका कारण उक्त केन्द्र अति संवेदनशील क्षेत्रमा पर्दछ।
१० जना प्रहरी र ११ जना अन्य कर्मचारी खटिएका उक्त केन्द्र सीमा क्षेत्रबाट करिब आधा किलोमिटर मात्र उत्तरतर्फ रहेको छ। आसपासमा घर नहुनुका साथै मतदानस्थल निर्माण र सुरक्षा गर्नुपर्ने भएकाले आफूहरू यहीँ बस्नुपर्ने निर्वाचन अधिकृत लालबाबु प्रसाद यादवले बताए।साभार: नयाँपत्रिका
The post बारामा परालकाे ओछ्यानमा सुतेर चुनाव गराउदै कर्मचारी appeared first on Madhes Khabar.