मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु

मधेसखबर
वीरगन्ज, २० कार्तिक : वीरगन्ज महानगरपालिकाले आदर्शनगर स्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउने भएको छ ।

महानगरले माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिहरुलाई पत्र नै काटेर माग गरेको थियो । तर दिएको समय अवधीमा एक जना बाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोलीले आइतबार सम्बन्धित व्यक्तिकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको छ ।

महानगरको टोलीले अबको २४ घण्टा भित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउन नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न आग्रह गरेको छ ।

महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरुलाई नगर प्रहरी र नक्सा शाखाका कर्मचारीसहितको टोलीले आइतबार घरघरमै पुगेर सम्झाउने काम गरेको र सोमबारबाट भने संरचना भत्काउन सुरु गर्ने महानगरका मेयर राजेशमान सिंहले बताए ।

‘पहिला पत्र पठायौँ, त्यसलाई अटेर गरेकाले आज स्थलगत रुपमै गएर टोलीले सम्झाउने काम गरेको छ,’ मेयर सिंहले भने, ‘अतिक्रमण गरेर बनेका संरचना अब भोलीबाट भने त्यहाँ महानगर आफैँले हटाउँछ ।’

महानगरपालिकाका मेयर सिंहले झण्डै ४ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सिमित भएको भन्दै अब पोखरीको सबै जग्गा फिर्ता ल्याउन पहल थालिएको बताए ।पहिलो चरणमा माइरामबाट सुरु गरिएको र यसपछि नगर भरि नै अतिक्रमित भूमि फिर्ता ल्याउने अभियान सुरु हुने पनि उनले बताए ।

महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ ।

पूर्व मेयर विजय सरावगीले स्थानीय व्यवसायीसँगको मिलेमतोमा १५ कट्ठामा मात्रै चिल्ड्रेन पार्क बनाएर अतिक्रमणलाई आधिकारीकता दिने काम गरेको यहाँका स्थानीयले आरोप लगाउने गरेका छन् ।

मेयरमा निर्वाचित भएसँगै सिंहले पोखरीको जग्गा फिर्ता गराउने प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप अहिले धमाधम पोखरीले चर्चेको जग्गाको नक्सा निकालेर त्यसमा अतिक्रमण गरेका संरचनाको निस्सा माग्ने काम भएको हो । अब निस्सा नबुझाउनेका सबै संरचना सोमबारबाट हटाउन सुरु गरिने मेयर सिंहले बताए ।

The post मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु
मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/birgunj-mayor.jpg?resize=1024%2C538&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_73.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_73.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy