वीरगंज, १४ मंसिर । टयाक्टरको ठक्करबाट एकजना चटपटे बिक्रेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
रामनगरीबाट महुवनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले मङ्गलवार राति ८ः४० बजे प्रसौनी गाउँपालिका वडा नं. ५ टाली चोकमा ठेलामा चटपटे बिक्री गर्ने एकजना व्यक्तिलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ ।
बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी बस्ने वर्ष ४५ चटपटे बिक्रेता तपसी साह कानुलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
घटनापछि इप्रका पोखरियाका प्रहरी निरीक्षक आयुश जोशीले फरार टयाक्टर चालकको खोजतलास गर्ने क्रममा अल्फावेट मेटिएको अवस्थामा २८५८ नम्बरको ट्याक्टर बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।