मतदाताबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : मंसिर ४ को निर्वाचनको मिति नजिकिदै गर्दा पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव प्रति मतदाताहरुको आकर्षण बढ्दै गएको छ ।

चुनावी घरदैलोका क्रममा क्षेत्रका हरेक वडामा पुग्दा यादवको समर्थनमा मतदाताहरुले समर्थन गर्दै स्वागत गरिरहेका छन् । विगतको पाँच वर्षको कार्यकालमा पर्सा का चार वटै क्षेत्र मध्ये पर्सा १ मा सांसदका रुपमा यादवले सबै भन्दा बढि र नमूना कामहरु गरेको भन्दै मतदाताहरुले यसपालि फेरि आफुहरुको रोजाइ यादव नै भएको बताइरहेका छन् ।

यसैक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ को पिपराटोलमा पनि सोमबार बिहान गठबन्धनबाट एमालेका प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवका साथ पुगेका प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवलाई मतदाताले समर्थन गर्दै स्वागत गरेका छन् । उनिहरुले पर्सा १ मा यादवको सामु कुनै पनि उम्मेदवार प्रतिस्पर्धामै नरहेको भन्दै यादवको जित सुनिश्चित रहेको जिकिर पनि गरे ।

पिपराटोलमा मतदाताको स्वागत र समर्थन पाएपछि पूर्वमन्त्री समेत रहेका यादवले मतदातालाई कृतज्ञता प्रकट गर्दै यो जोश र उत्साह मंसिर ४ सम्मै राख्न आग्रह गरे ।मतदातासंग उनले भने, ‘ संघीयता, सुशासन र विकासको पक्षधर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरेर जिताउनुस् , तपाईको दुखसुखमा म सधै साथमै रहनेछु , अधुरा विकास निर्माणका काम पुरा गर्छु ।

पर्सा जिल्लालाई झन् विकसित, समृद्धि र सुशुसित बनाउने अभियानमा मतदाताहरुबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित बनाएको भन्दै यादवले मतदाताहरुसंग भने ,‘ तपाईहरुबाट प्राप्त सल्लाह र सुझावले हामीलाई थप उर्जाशील र सशक्त बनाएको महसूस गरेको छु , तपाइहरुको यो अगाध माया र भरोसामा फेरि पनि खरो उत्रिनेछु ।चुनावी घरदैलोका क्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

The post मतदाताबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मतदाताबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव
मतदाताबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/pradip-21.jpg?resize=960%2C720&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_7.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_7.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy