चुनाव जिते लगत्तै चौरसियाको पहिलो ध्यान किसान माथि : मलको आपूर्ति सहज बनाउन निर्देशन

मधेसखबर
वीरगन्ज,१३ मंसिर : पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य अजय चौरसियाले चुनाव जिते लगत्तै किसानका समस्या समाधानका लागि पहलकदमी लिएका छन् ।

निर्वाचित भएपछि आफनो क्षेत्रका मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो गर्ने क्रममा चौरसियालाई किसानले गँहु र दलहन बालीका लागि मलको अभाव भएको भन्दै गुनासो गरेका थिए ।

किसानको उक्त गुनासो सम्बोधनका लागि मङगलबार बिहान नवनिर्वाचित प्रतिनिधीसभा सदस्य चौरसियाले प्रमुख जिल्ला अधिकारी र जिल्लामा मल आपुर्ति गर्ने सरोकारवाला निकायका प्रमुखहरुसंग छलफल गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा पर्सा २ (क) र (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्यद्वय श्याम पटेल र रमेश कुर्मीको पनि सहभागीता थियो ।

छलफलमा चौरसियाले अहिले गँहु र दलहन बालीको सिजनमा डिएपि मल नपाएर किसानहरु तनावमा रहेकाले मलको सहज आपुर्तिको व्यवस्थापन मिलाउन प्रजिअ उमेश ढकालका साथै सरोकारवाला निकायका प्रमुखहरुलाइ निर्देशन दिए ।
नेपाल सरकारले अनुदानमा आयात गरेको मल , जिल्लामा कृषि सामाग्री कम्पनि र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्था मार्फत आपुर्ति गर्दै आएको छ ।

छलफलमा चौरसियाले कृषि सहकारी संस्थाहरुले पनि मल वितरणमा बदमाशी गरिरहेको किसानहरुको गुनासो रहेकाले त्यस बारे प्रजिअ , कृषि सामाग्री र साल्ट ट्रेडिङका कार्यालय प्रमुखहरुको ध्यानाकर्षण पनि गराए ।

छलफलमा जिल्लामा मल आपूर्तिमा देखिएको समस्या सामधानका लागि प्रजिअ ढकालको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय भएको छ । उक्त समितिले हरेक पालिकासंग समन्वय गरि मल वितरणको अनुगमन गरि आपूर्तीमा देखिएको समस्या समाधान गर्ने र मलको आपूर्ति सहज बनाउने बताइएको छ ।

छलफलमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कृषि सामाग्री कम्पनि लिमिटेड मधेस प्रदेश क्षेत्रीय कार्यालय प्रमुख चन्द्र चौलागाई , साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछाने , कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसाद , प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतको पनि सहभागीता थियो ।

The post चुनाव जिते लगत्तै चौरसियाको पहिलो ध्यान किसान माथि : मलको आपूर्ति सहज बनाउन निर्देशन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: चुनाव जिते लगत्तै चौरसियाको पहिलो ध्यान किसान माथि : मलको आपूर्ति सहज बनाउन निर्देशन
चुनाव जिते लगत्तै चौरसियाको पहिलो ध्यान किसान माथि : मलको आपूर्ति सहज बनाउन निर्देशन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/ajay-dai-13.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_692.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_692.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy