मधेसखबर
वीरगन्ज,०७ मंसिर : बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल पुन निर्वाचित भएका छन् ।
पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सोनल १३ हजार ५ सय ९६ मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी जसपा–एमाले उम्मेदवार आत्माराम साह ८ हजार २ सय ६९ मत मात्रै पाएका छन् । सोनल र साह बिचको मतान्तर ५ हजार ३ सय २७ रहेको छ ।
मधेस प्रदेश सरकार पुर्वमन्त्री र लोसपाका प्रदेश अध्यक्ष समेत रहेका सोनल , २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट १३ हजार १ सय १८ मतका साथ निर्वाचित भएका थिए ।
The post बारा ४ (ख) को प्रदेशसभा सदस्यमा सोनल पुन निर्वाचित appeared first on Madhes Khabar.