मधेसखबर
वीरगन्ज,१८ कार्तिक : मंसिर ४ को निर्वाचनको मिति नजिकिदै जाँदा बाराको क्षेत्र नम्बर ४ (ख) मा प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र सोनलले चुनावी अभियानलाई अझ तिव्र पारेका छन् ।सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार सोनलले आफ्नो क्षेत्रका मतदाताको घरदैलोमा पुगेर भोट माग्ने क्रमलाई निरन्तरता दिइरहेका छन् ।
मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोनलले शुक्रवार बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ स्थित कल्याणपुर, छतवा, घोडासन लगायतका टोलका मतदातासँग भेटघाट गरि उनिहरुको गुनासा र समस्या पनि सुनेका छन् । भेटघाटका क्रममा सोनलले जनताको सुख दुखमा सँधै सँगै रहेको बताउँदै समस्याहरुको सम्बोधनका लागि कहिलै पछि नहट्ने वाचा गरे ।
यसअघि पनि आफुले कृषि, रोजगार, शिक्षा, स्वास्थ्य एंव पूर्वाधार जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै सोनलले कृषि क्षेत्रको सबलीकरण र सरलीकरण आफ्नो प्रमुख एजेण्डा रहेको बताए । कृषिमा आत्मनिर्भर हुन सके मात्रै प्रदेश समृद्ध बन्ने र प्रदेश समृद्ध भएपछि देश समृद्ध बन्ने सोनलको बुझाई छ ।
घरदैलो कार्यक्रममा बाराको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णा कुमार (किसान) श्रेष्ठ सहित लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, नेपाली कांग्रेस लगायत बाम गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको सहभागीता रहको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।
The post काम गरेको छु , त्यसकारण जनताले फेरि अवसर दिनेमा ढुक्क छु : जितेन्द्र सोनल appeared first on Madhes Khabar.