वीरगन्जकाे एक मतदान केन्द्र : मतदान अधिकृत सहित सुरक्षाकर्मी सबै महिला

मधेसखबर
वीरगन्ज ,०३ मंसिर : वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित थारु छात्राबास मतदान केन्द्र महिलाहरुले सञ्चालन गर्ने भएका छन् । यहाँस्थित क,ख र ग गरी ३ वटा मतदान केन्द्रका मतदान अधिकृत महिला छन् । यस बाहेक २१ सहायक कर्मचारी पनि महिला नै छन् । यो ‘विशेष मतदान केन्द्र’ का सुरक्षा कमान्डर पनि महिला सुरक्षाकर्मी नै छन् ।

मतदान अधिकृतहरुमा जिल्ला अदालतका शाखा अधिकृतहरु क्रमश: अन्जु परियार, जमुना धिताल र रितिका शर्मा रहेका छन् । शर्माले आफूहरुको सहायकको रुपमा खटिएका कर्मचारीहरु पनि महिला रहेको तथा सुरक्षा अधिकृत पनि महिला नै रहेको बताइन् । ‘२१ सहायक कर्मचारी महिला नै छन्, सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाल प्रहरीकी सहायक निरीक्षक श्रीयंका बस्नेतले लिनु भएको छ,’ शर्माले भनिन्, ‘सुरक्षाकर्मीमा पनि आधाजसो महिला सुरक्षाकर्मी नै छन् ।’

आफूले यसअघि पनि यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरी सकेकाले यसपटक पनि समस्या नहुने उनले बताइन् । यो केन्द्रमा कुल २ हजार २ सय ५७ मतदाता रहेको उनले जानकारी दिइन् । ‘हामी सबै अनुभवी छौं,’ उनले भनिन् ‘महिलाले सञ्चालन गरेका केन्द्र भएकाले सरोकारवाला सबैले सहयोग गरेको हुँदा खासै समस्या भएको छैन ।’

जिल्लामा आइतबार हुने निर्वाचनका लागि ४५ महिला मतदान अधिकृत खटिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘यस पटक निर्वाचन अधिकृत मात्रै ४५ महिला छन्,’ उनले भने, ‘यस बाहेक सहायक कर्मचारीमा महिला कर्मचारी धेरै खटिएका छन् ।’

जिल्लामा निर्वाचनका लागि करिब ११ हजार जनशक्ति खटिएका छन् । तिनमा ४ हजार ६ सय सुरक्षाकर्मी, २ हजार म्यादी प्रहरी, ४ हजार ५ सय कर्मचारी र स्वयंसेवक छन् । ३ लाख ४५ हजार मतदाता रहेको जिल्लामा १ सय ६७ स्थायी र २ अस्थायी गरी १ सय ६९ मतदानस्थल छन् । ४ सय १५ स्थायी र २ अस्थायी गरी ४ सय १७ मतदान केन्द्र छन् ।साभार: कान्तिपुर

The post वीरगन्जकाे एक मतदान केन्द्र : मतदान अधिकृत सहित सुरक्षाकर्मी सबै महिला appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जकाे एक मतदान केन्द्र : मतदान अधिकृत सहित सुरक्षाकर्मी सबै महिला
वीरगन्जकाे एक मतदान केन्द्र : मतदान अधिकृत सहित सुरक्षाकर्मी सबै महिला
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/IMG_20221119_183744.jpg?resize=1024%2C530&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_58.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_58.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy