वीरगंज २१ कार्तिक ।
वीरगंज महानगरपालिकाको आमसंचार माध्यम प्रबद्र्धन तथा नियमन समितिको आज सम्पन्न पहिलो बैठकले वीरगंज महानगरपालिकामा सुचिकृत हुन छुटेका पत्रपत्रिका, रेडियो, टेलिभिजन,अनलाईको सुचिकृतका लागि म्याद थप गरेको छ ।
महानगरपालिकाको सभाहलमा सम्पन्न बैठकले आर्थिक बर्ष ०७९÷८० कालागि महानगरपालिकाबाट उपलब्ध हुने लोक कल्याणकारी विज्ञापन तथा अन्य सुबिधा वीरगंजबाट प्रकाशित तथा प्रशारण हुने दैनिक,साप्ताहिक पत्रिका रेडियो,टेलिभिजन,अनलाईनहरुले प्राप्त गर्नकालागि केही सन्चारमाध्यमहरु बिबिध कारणले छुटेको देखिएको हुदा छुटेका सन्चार माध्यमहरुलाई सुचिकरणको लागि आगामी मंसिर ९ गते देखि १५ गते भित्र महानगरपालिकाले तोकेको मापदण्ड अनुरुप आवश्यक कागजात बुझाई सुचिकरण गर्न म्याद थप गरेको छ ।
आमसन्चार माध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा वीरगंज महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख रामकुमार कुशवाहा, आर्थिक प्रशासन महाशाखाका प्रमुख रुपनारायण राउत, सन्चारकर्मी रामनारायण कुर्मी, राम शर्राफ,मनोज पटेल, बृजलाल पासवान, मुस्कान श्रेष्ठ, अमित अग्रवाल,विरेन्द्र साह (हिटलर) आविद हुसैन समितिका सदस्य सचिव शम्भु प्रसाद लगायतको उपस्थिती रहेको थियो ।
बैठकमा समितिका संयोजक ध्रुब अधिकारीले समितिको काम,कर्तव्य र अधिकारको बारेमा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजिकरण महानगरपालिकाका प्रकाशन प्रशारण तथा सुचना शाखा प्रमुख शम्भु प्रसादले गर्नुभएको थियो ।