जनताको काममा जुटे सांसद यादव : किसानलाई सहज रुपमा मल दिलाउन देखाए अग्रसरता

मधेसखबर
वीरगन्ज , १३ मंसिर : चुनावको प्रचार ताका मतदाता सामु गरेका वाचा पुरा गर्न पर्सा क्षेत्र नमबर १ का नवनिर्वाचित सांसद (प्रतिपनधीसभा सदस्य) प्रदीप यादवले अग्रसरता देखाएका छन् ।विजय जुलुश सके लगत्तै नवनिर्वाचित सांसद यादवले आफुले गरेका चुनावी वाचा अनुसार नागरिकका समस्या समाधानका लागि अग्रसरता देखाएका हुन् ।

चुनाव प्रचारका बेला मत माग्ने क्रममा उनले कृषि र किसानका विद्यमान समस्या समाधान आफनो मुख्य प्राथमिकतामा रहने वाचा गरेका थिए । त्यही वाचा अनुसार पर्सा १ का नवनिर्वाचित सांसद यादवले किसानका लागि मल आपुर्तिमा विद्यमान समस्या समाधानका लागि पहिलो ध्यान दिएका छन् ।

निर्वाचित भएको तीन दिन विजय जुलुश गर्दै मतदाता माझ पुगेर धन्यवाद ज्ञापन गरेका यादवले मङगलबार वीरगन्ज स्थित कृषि सामाग्री कम्पनि लिमिटेडमा पुगेर कार्यालय प्रमुख चन्द्र चौलागाईलाइ भेट्दै जिल्लाका किसानलाई मलको आपूर्ती सहज बनाउन निर्देशन दिए ।

अहिले गँहु र दलहन बालीको सिजन चलिरहेको भएपनि डिएपी मल नपाएर किसानहरु छ्ट्पटिइ रहेकाले यस बारे यादवले चौलागाईको ध्यानकर्षण गराए ।कार्यालयसंग अहिले मौज्दात मल , जिल्लाका सबै पालिकामा समयमै पठाएर कृषि सहकारी संस्थाहरु मार्फत किसानलाइ सहज रुपमा उपलब्ध गराउन उनले चौलागाईलाई निर्देशन पनि दिए ।

कार्यालय प्रमुख चौलागाइले कार्यालयमा अहिले युरिया मल प्रयाप्त मौज्दात रहेपनि डिएपि मलको मौज्दात थोरै रहेकाले वितरणमा समस्या भएको यादवलाई जानकारी गराएका थिए ।चौलागाइले सरकारको नीतिगत समस्याकै कारण खेतीको हरेक सिजनमा देशैभर मलको अभाव हुने गरेको पनि बताए ।

यादवले भने ,‘ अहिले जे जति मल मौज्दात छ त्यो गाँउमा छिट्टै पठाइ दिनुस् , बाँकी सरकारको नीतिगत समस्या जुन छ त्यसलाई समाधानका लागि म संसदमा आवाज उठाउछु । उनले सरकारी अनुदानलको मल बिचौलियाको कब्जामा पुग्दा किसानले सहज रुपमा नपाएको व्यापक जनगुनासो पनि रहेकाले यस बारे पनि कार्यालय प्रमुख चौलागाईको ध्यानाकर्षण् गराए ।

चौलागाईलाई निर्देशन दिदै यादवले भने ,‘ नेपालमा मलको कारखाना छैन त्यसका कारण चाहिए जति मल किसानले पाउन सकेका छैनन् , तर विदेशबाट जेजति आउछ त्यो पनि किसानले बिचौलियाका कारण पाइरहेका छैनन् , यस बारे पनि ध्यान दिनु होला ।

The post जनताको काममा जुटे सांसद यादव : किसानलाई सहज रुपमा मल दिलाउन देखाए अग्रसरता appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: जनताको काममा जुटे सांसद यादव : किसानलाई सहज रुपमा मल दिलाउन देखाए अग्रसरता
जनताको काममा जुटे सांसद यादव : किसानलाई सहज रुपमा मल दिलाउन देखाए अग्रसरता
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/Pradip-yadav-08-13.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_414.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_414.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy