पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

मधेसखबर
वीरगन्ज , २९ कार्तिक : मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा उम्मेदवार र नेताहरु लावालस्कर लिएर घरदैलोमा पुगेर अनेकन आश्वासन र प्रलोभन बाँडेर भोट माग्नमा व्यस्त छन् । गाँउ देखि शहर सम्म चुनावको चहल पहल छ ।तर पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ स्थित ओरीया खोलाको छेउमा रहेको पिपरडारीका स्थानीयलाई भने चुनावको चहल पहलले छोएकै छैन भने पनि हुन्छ ।

सात वर्ष पहिले स्थानीयका १० बिघा भन्दा बढि लालपूर्जा भएकै जग्गा भारतमा मिसिएपछि उनिहरु सुकुम्बासी सरह भएका छन् ।
पिपरडारीका ६५ बर्षिय बृद्ध लक्ष्मण राय भन्छन् ,‘ २ बिघा खेतको मालिक थिए म , तर सात वर्ष देखि सुकुम्बासी जस्तै भएको छु , लालपुर्जा भएकै खेत भारतमा पर्दा पनि आज सम्म हाम्रो पिडा कोहि नेताले बुझेनन् , त्यसैले यसपालि चुनावमा कसले जित्छ कसले हार्छ हामीलाई कुनै मतलब छैन ।

 

२०७२ सालमा नेपाल र भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले भारतसंग जोढिएको सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मत सम्भार र हराएका स्थानमा नयाँ स्तम्भहरु गाडेको थियो । त्यस क्रममा पर्साको तत्कालीन पिडारीगुठी गाविसको वडा नम्बर २ र ३ ( हालको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ ) पिपरडारीको लालपुर्जा भएकै स्थानीयका १० बिघा ८ कठ्ठा १५ धुर जग्गा भारत तर्फ परे पछि पिडामा परेका जग्गाधनीहरु राजनीतिक दल र नेता प्रति निक्कै आक्रोशीत छन् ।

लालपूर्जा भएकै जग्गा , नेपाल सरकार आफैले भारतमा लगेर गाँभिदिएपछि सुकुम्बासी बनेका स्थानीय मंसिर ४ को निर्वाचनलाई लिएर उत्साहित नै छैनन् ।स्थानीय अच्छेलाल यादव भन्छन् ,‘ छिट्ट फुट्ट एकाध दुइ नेता भोट माग्न त आइरहेका छन् , तर हाम्रा दुख पिडा बारे सोध्दैनन् , खाली मलाइ भोट दिनुस् , जिताउनुस् भनेर फर्किन्छन् ।

झण्डै १२० घुरधुरी रहेको पिपरडारी गाँउमा करिब ६ सय मतदाता छन् । हरेक चुनावमा उम्मेदवार र नेताहरु भोट माग्न आउने तर जितेर गइसकेपछि पाँच वर्ष सम्म गाँउमा फर्किएर समेत नआउने गरेको स्थानीय बताउछन् ।

स्थानीय हरिहर ठाकुर भन्छन् ,‘ हामीले बुझिसकेका छौ नेताहरु भनेका साच्चै स्वार्थी नै हुन्छन् , उनिहरुलाइ जनताको पीरमकासंग कुनै मलब हुदैन ,चुनावका बेला घरघरमै हात जोड्दै भोट माग्न आउछन् , चुनाव सकिएपछि नाकमुख पनि देखाउदैनन् ।अहिले पनि आफु जित्नका लागि भोट माग्न नेताहरु गाँउमा आइरहेको तर गाँउलेको पिडा बारे एक शब्द पनि नसोध्ने गरेको ठाकुर बताउछन् ।

उनि भन्छन् ,‘ हामीलाई केहि चाहिएको छैन , यदि भारतमा लगेर मिसाईएको लालपुर्जा भएकै हाम्रो जग्गा कि त फिर्ता चाहिन्छ कि त त्यस बापत अन्तै भएपनि जग्गा चाहिन्छ , यदि नेताहरुले यस बारे केहि बोलेनन् भने हामी सारा गाँउले एकजुट भएर कसैलाइ पनि भोट हाल्दैनौ , उस्तै परे अहिले भोट माग्न आउने नेताहरुलाई लखेट्छौ पनि ।

पुस्तौनी देखि हकभोग गर्दै आएको लालपूर्जा भएकै जग्गा भारतमा मिचिएको सात वर्ष भइ सक्दा पनि नेताहरुले एक पटक पनि आफुहरुको पक्षमा नबोलेको स्थानीय बृद्धा धुरपति देवी गुनासो पोख्छिन् । उनि भन्छिन् ,‘ मेरो नम्बरी दुइ बिघा जग्गा थियो , खोला पसेर बगर भयो , त्यसै माथि सरकारले नै नयाँ पिल्लर गाडेपछि सबै जग्गा भारतमा परयो ।

जनताकै लागि भनेर राजनीति गरेका दलका नेताहरु जनता माथि पिडा पर्दा पनि गाँउमा नआएको तर अहिले चुनावका बेला भोट माग्न आउन थालेपछि राजनीतिक दल र उम्मेदवार प्रति पिपरडारीका गाँउले निक्कै आक्रोशीत रहेको स्थानीय युवा नारायण साह तेली बताउछन् ।उनि भन्छन् ,‘ गाँउलेको आक्रोश भित्रभित्रै बढ्दैछ , हुन सक्छ भोट माग्न आउने नेताहरु गाँउलेको निशानामा पनि पर्न सक्छन् ।

तेलीका अनुसार , २०७२ मा नयाँ सीमा स्तम्भ गाडिए पछि भारतमा परेको नेपालीहरुको जग्गाका बारेमा जानकारी लिनका लागि राजनीतिक दलका कोही पनि नेताहरु पिपरडारीमा आएका छैनन् ।स्थानीय अनिष राय भन्छन् ,‘ मलाइ नेताको बानी थाहा छ , उनिहरु आफनो लागि मात्रै राजनीति गर्छन् , हामी जनता भनेको त भोटका लागि मात्र हौ , हाम्रो दुखदर्दसंग उनिहरुलाइ मतलब नै छैन , त्यस कारण यसपालिको चुनावमा हामीलाई पनि नेताको बारेमा मतलब छैन ।

२००७ सालमा नेपाल र भारतको नापी विभाग उच्च्स्तरीय बैठकले तयार पारेको नक्सा अनुसार नेपाल र भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले २०७२ सालमा सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मत सम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाडेको हो ।
नया स्तम्भ गाडने क्रममा भारत तर्फ परेका पिपरडारीका नेपाली जग्गाका सबै धनीहरुसंग लालपुर्जा छ । २०२१ ÷०२२ सालमा भएको सर्वे नाप नक्साका आधारमा सरकारले उनिहरुलाइ २०२३ सालमा जग्गाधनी प्रमाण (लालपुर्जा) दिएको थियो ।
२०७२ सालमा दुवै देशको टोलीले भने २००७ सालमा नेपाल र भारतको नापी विभाग उच्च्स्तरीय बैठकले तयार पारेको नक्सा अनुसार नयाँ पिलर गाडेपछि २०२३ सालमा लालपुर्जा पाएकाहरुको पनि जग्गा भारत तर्फ पर्न गएको हो ।

गरिबको समस्या सुनीदिने कोहि छैन यो देशमा , स्थानीय अगुवा कारी चौधरी भन्छन् ,‘ गाँउलेहरुको जग्गा खोसिएको ७ वषर्् भइसक्यो , तर यहाका न त कुनै दलका नेताले केहि बोले , न कसैले एउटा विज्ञप्ति पनि निकाले , भारतको विरोधमा बोल्ने साहस यहाका नेताहरुमा छदै छैन ।

पुस्तौ देखि भोगचलन गर्दै आएको लालपूर्जा भएकै जग्गा भारतमा मिसाइदा पनि नेताहरुले पिडितहरुका बारेमा एकपटक पनि सोधीखोजी नगरेका कारण अहिले भोट माग्न आइरहेका नेता र उम्मेदवार प्रति जनताको आक्रोश बढ्दो क्रममा रहेको चौधरी बताउछन् ।

The post पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन् appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्
पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/Pipardari1.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_41.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_41.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy