वीरगन्जमा जसपाको लहर : गेट ग्रिल उधोग संघका अध्यक्ष सहित दर्जनौ जसपा प्रवेश

मधेसखबर
वीरगन्ज, २० कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन विभिन्न पेशा व्यवसायमा संलग्नहरु पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्न थालेका छन् ।

जसपा–एमाले गठबनधनका पनि साझा उम्मेदवार रहेका यादवले विकास निर्माणका क्षेत्रमा गरेका काम र जनताको सुखदुखमा दिदै आएका साथका कारण प्रभावित भएर उनलाइ जिताउनकै लागि भन्दै अन्य दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेको बेला अब विभिन्न पेशा व्यवसायमा संलग्नहरु पनि जसपामा प्रवेश गर्न थालेका हुन् ।

आइतबार गेट ग्रिल उधोग संघका पर्सा जिल्ला अध्यक्ष जितेन्द्र श्रीवास्तवको नेतृत्वमा दर्जनौ व्यवसायी र कामदारहरु जसपामा प्रवेश गरेका छन् ।वीरगन्जको रोधमाइमा आइतबार आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष श्रीवास्तवसंगै संघका पदाधिकारी र सदसस्यहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेका हुन् ।

उनिहरुलाई पुर्वमन्त्री समेत रहेका यादवले खादा लगाएर पार्टीमा स्वागत गरे । यसअघि विभिन्न दलमा आफुहरु आबद्ध रहे पनि ती दलका नेताले आफुहरुको पेशा र व्यवसायका बारेममा कहिले पनि ध्यान नदिएकोले उनिहरुको गुनासो थियो । जसपा नेता एंव प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले भने के गरि के धनी सबैको लागि हितमा सोच्ने नेता भएका कारण आफुहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेको संघका अध्यक्ष श्रीवास्तवले बताए ।

त्यस अवसरमा बोल्दै जसपा नेता एंव प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले जसपा गरिब, मजदुर, किसान , व्यपारी , उधोगी सबैको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी भएको भन्दै पार्टीमा पेशाकर्मीहरु प्रवेश गरेकोमा खुशी व्यक्त गरे ।यसले पर्सामा जसपालाई थप मजबुत बनाएको भन्दै उनले भने ,‘ जसपाले हरेक पेशा र व्यवसायको सम्मान गर्छ , कसैलाई केहि समस्या भयो भने जसपा उसको साथमा खडा हुन्छ ।
त्यस अवसरमा जसपाका युवा नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

The post वीरगन्जमा जसपाको लहर : गेट ग्रिल उधोग संघका अध्यक्ष सहित दर्जनौ जसपा प्रवेश appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जमा जसपाको लहर : गेट ग्रिल उधोग संघका अध्यक्ष सहित दर्जनौ जसपा प्रवेश
वीरगन्जमा जसपाको लहर : गेट ग्रिल उधोग संघका अध्यक्ष सहित दर्जनौ जसपा प्रवेश
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/grill.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_37.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_37.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy