वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादवलाई फेरी जिताएर संसदमा पठाउछाैं

मधेसखबर
वीरगन्ज ,०१ मंसिर : प्रचारप्रसार गर्न पाउने आज अन्तिम दिन बिहीबार पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका लागि जसपा-एमाले गठबन्धनबाट साझा उम्मेदवार प्रदीप यादव वीरगन्जका विभिन्न वडाहरुमा पुगेर मतदातालाई भेटेका छन् ।

चुनावी घरदैलोका क्रममा उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १४ पिपरा, वडा नम्बर १६ नगवा र वडा नम्बर २० हरपतगञ्ज गरी ५ वडाका मतदातासँग भेटघाट गरेका हुन् ।

पाँच वटै वडामा पुगेर एमाले र जसपाको सयुँक्त घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादव र प्रदेश सभा सदस्यका उम्मेदवार विचारी प्रसाद यादवले चुनावी एजेण्डाका सम्बन्धमा छलफल गरेका छन् ।

मतदातासँग भेट्दै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले यसअघि ५ वर्षको कार्यकालमा आफुले गरेका कामको मूल्यांकन जनताले गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांसद् र मन्त्री बन्दा पनि यही क्षेत्रका जनताको आवाज आफुले उठाएको र यही क्षेत्रको विकास र समृद्धिका लागि पैरवी गर्दै आएको यादवको भनाई छ ।

भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक क्षेत्रमा पनि सँधै सक्रिय रहने यादवले फेरी पनि जित्नुपर्ने स्थानीय मतदाताको प्रतिक्रिया थियो । ५ वर्षभन्दा अघिका जुन सांसद् आएपनि केही काम नगरेकोमा यादवले ५ वर्षमा धेरै काम गरेको त्यस क्षेत्रका बासिन्दाले बताएका छन् ।

यसअघि सडक नै नभएका ठाउँमा आफ्नै पहलमा सडक बनाएको बताउँदै यादवले पनि अबको कार्यकालमा कच्ची सडक मुक्त क्षेत्र बनाउने दावी गरे । सडक सञ्जालको विस्तारबाट विद्यार्थी, कृषकदेखि अन्य पेशामा आबद्ध जनता प्रत्यक्ष लाभान्वित हुने र विकासको ढोका खुल्ने यादवको भनाई छ । यस क्षेत्रका लागि आफुले गरेको विकास र परिवर्तनको परिकल्पनालाई वास्तविकतामा बदल्नका लागि फेरी एकपटक छाता छापमा मतदान गरेर निर्वाचित गराउन यादवले आग्रह गरेका छन् ।

महिलालाई सशक्तीकरण बनाउनुका साथै आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै यादवले महिलामुखी योजना र नीति निर्माणका लागि पहल गर्ने बताए । महिलालाई शिक्षित र दक्ष बनाउँदै उनीहरुमा उद्यमशीलताको विकास गर्न अबको प्राथामिकताको विषय हुने उनको भनाई छ ।

घरदैलोमा पर्साको क्षेत्र नम्बर १ (क) बाट जसपा र एमाले गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादव सहित गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको सहभागीता थियो ।

The post वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादवलाई फेरी जिताएर संसदमा पठाउछाैं appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादवलाई फेरी जिताएर संसदमा पठाउछाैं
वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादवलाई फेरी जिताएर संसदमा पठाउछाैं
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/IMG-20221117-WA0010.jpg?resize=1024%2C576&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_36.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_36.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy