पर्सामा जसपाको विरासत भत्काउदै काँग्रेसको सान्दार प्रदर्शन

मधेसखबर
वीरगन्ज,११ मंसिर : मंसिर ४ मा भएको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गर्दै पुरानो साख फर्काउन सफल भएको छ ।

प्रत्यक्ष तर्फ ४ प्रतिनिधीसभा मध्ये २ र ८ प्रदेशसभा मध्ये ३ क्षेत्र जितेर पहिलो स्थानको दल बनेको काँग्रेसले समानुपाति तर्फ पनि सबै भन्दा बढि मत पाएको छ ।आइतबार सकिएको समानुपातिक तर्फको मतगणनामा प्रतिनिधीसभा र प्रदेशसभा दुवै तर्फको समानुपातिकमा काँग्रेसले सबै भन्दा बढि मत प्राप्त गरेको हो ।

प्रतिनिधीसभाको समानुपातिकमा काँग्रेसले सबै भन्दा बढि ६६ हजार ६७५ मत प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको नेकपा एमालेले ४२ हजार ९७५ मत पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ३८ हजार ४२१ मतका साथ तेश्रो स्थानमा झरेको छ ।

राप्रपा २० हजार ८७३ .मतका साथ चौथो , नेकपा माओवादी केन्द्र १३ हजार २७४ मतका साथ पाँचौ र रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी ७ हजार ५५१ मतका साथ छैठौं शक्ति पर्सामा बनेको छ । सातौ स्थानमा रहेको नेकपा एकिकृत समाजवादीले ५ हजार ७३१ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने ५ हजार ४३ मतका साथ आठौ स्थानमा रहेको छ । सिके राउतको दल जनमत पार्टी भने ३ हजार ९१९ मतका साथ नवौं स्थानमा सिमित हुन पुगेको छ ।

 

प्रदेशसभाको समानुपातिकमा पनि काँग्रेस नै पहिलो 

प्रदेशसभाको समानुपातिकमा पनि पहिलो दल काँग्रेस नै बनेको छ । काँग्रेसले सबै भन्दा बढि ६३ हजार ८६१ मत पाएको छ । जसपा भने ४१ हजार ६२७ मतका साथ दोश्रो स्थानमा पुग्दा नेकपा एमाले ४१ हजार ३०४ मत प्राप्त गर्दै तेश्रो दल बनेको छ ।

चौथो स्थानमा उक्लिएको राप्रपाले १७ हजार १७३ मत पाउदा माओवादी केन्द्र ११ हजार ३१३ मत प्राप्त गर्दै पाँचौ दल बनेको छ । सिके राउतको दल जनमत पार्टी भने ७ हजार २५४ मतका साथ छैठौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ६ हजार ६६२ मततका साथ सातौ स्थानमा , नेकपा एकिकृत समाजवादी ६ हजार ९४ मतका साथ आठौ स्थानमा पुगेको छ । नवौं  स्थानमा रहेको लोसपाले ४ हजार ८०५ मत पाएको छ भने नेपाल संघीय समाजवादी पार्टी ४ हजार १८१ मतका साथ दशौं स्थानमा पुगेको छ ।

 

प्रत्यक्षमा पनि काँग्रेस नै पहिलो

मंसिरको ४ को निर्वाचनमा पर्सामा काँग्रेसले प्रत्यक्ष तर्फ पनि सबै भन्दा बढि सिट जितेको छ । काँग्रेसले २ प्रतिनिधीसभा सदस्य र ३ प्रदेशसभा सदस्यमा जिते हात पारेको हो ।

पर्सामा ४ प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेकोमा त्यस मध्ये पर्सा २ र ४ मा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । यस्तै ८ प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये काँग्रेसका ३ जनाले जितेका छन् । प्रदेशसभा तर्फ पर्सा २ को (क) , पर्सा ३ को (ख) र पर्सा ४ को (क) मा काँग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् । जसपाले भने १ प्रतिनिधीसभा सदस्य र २ प्रदेशसभा सदस्य जितेको छ । पर्सामा एमालेले भने १ प्रतिनिधीसभा सदस्य मात्र जितेको छ । प्रदेशसभा सदस्यामा लोसपा , माओवादी केन्द्र र स्वतन्त्रका १÷१ उम्मेदवार विजयी भएका छन् ।

 

२०७४ को निर्वाचनमा पर्सामा कुन दल कुन स्थानमा थिए ?

२०७४ को निर्वाचनमा भने पर्सामा प्रत्यक्ष र समानुपातिक दुवैमा गरि जसपा पहिलो दल बनेको थियो । उक्त निर्वाचनमा प्रत्यक्ष तर्फ जसपा.(तत्कालीन संघीय समाजवादी फोरम) ले प्रतिनिधीभाका ४ मध्ये ३ र प्रदेशसभाका ८ मध्ये ५ सदस्य जितेर पहिलो दल बनेको थियो । काँग्रेसले प्रत्यक्ष तर्फ प्रतिनिधीसभाका ४ वटै क्षेत्रमा पराजय व्यवहोरेको थियो भने प्रदेशभाका ८ मध्ये दुइ सदस्य मात्र जितेको थियो । उक्त चुनावमा प्रत्यक्ष तर्फ लोसपाले १ प्रतिनिधीसभा सदस्य र १ प्रदेशसभा सदस्य जितेको थियो ।

२०७४ को निर्वाचनमा सामानुपातिक तर्फ पनि प्रतिनिधीसभा र प्रदेशसभा दुवैमा जसपा नै पहिलो दल बनेको थियो । त्यस बेला प्रतिनिधीसभाको समानुपातिकमा जसपाले सबै भन्दा बढि ५३ हजार ८२१ मत र प्रदेशसभाको समानुपातिकमा ५१ हजार २२० मत पाएको थियो । दोश्रो स्थानमा रहेको काँग्रेसले भने प्रतिनिधीसभाको समानुपातिकमा जसपाले ५० हजार ५९२ मत र प्रदेशसभाको समानुपातिकमा ४५ हजार २७३ मत पाएको थियो । तेश्रो स्थानमा रहेको एमालेले प्रतिनिधीसभाको समानुपातिकमा २२ हजार १५६ मत र प्रदेशसभाको समानुपातिकमा १९ हजार २९८ मत मात्रै पाएको थियो ।

The post पर्सामा जसपाको विरासत भत्काउदै काँग्रेसको सान्दार प्रदर्शन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सामा जसपाको विरासत भत्काउदै काँग्रेसको सान्दार प्रदर्शन
पर्सामा जसपाको विरासत भत्काउदै काँग्रेसको सान्दार प्रदर्शन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/nc-parsa-final.jpg?resize=1024%2C575&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/11/blog-post_255.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/11/blog-post_255.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy