मधेसखबर
वीरगन्ज ,१३ मंसिर :धनुषा क्षेत्र नंबर ४ बाट प्रतिनिधि सभा सदस्यमा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् ।
नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।
विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् ।
यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए ।
The post धनुषा ४ मा एमालेका महासेठ १२४ मतान्तरले विजयी appeared first on Madhes Khabar.