पर्सा ४ मा रमेश रिजाललाई अत्याधिक मतले जिताउने ठोरीका माओवादी नेता कार्यकर्ताहरुको उद्घोष

मधेसखबर
वीरगन्ज,०३ कार्तिक : पर्साको ठोरीका नेकपा माओवादी केन्द्रका अगुवा नेता कार्यकर्ताहरुले पर्सा ४ को प्रतिनिधीसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालाई जिताउन एकजुट भएर लाग्ने उद्घोष गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनबाट साझा उम्मेदवार रिजाललाई अत्याधिक मतले विजयी बनाउने अभियानमा आफुहरु लाग्ने ठोरीका माओवादीका नेता कार्यकर्ताहरुले प्रतिबद्धता जनाएका हुन् ।

बिहीबार ठोरी गाँउपालिकाको वडा नम्बर ४ आठघरेमा सत्तागठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव ठोरी गाँउपालिकाका पूर्ब अध्यक्ष पिएल श्रेष्ठ , माओवादीकै स्थानीय नेता तिलक बहादुर रिमाल लगायतले रिजाललाई जिताउन कुनै कसर बाँकी नराख्ने बताए । उनिहरुले भने ,‘ नेपाली कांग्रेसका उम्मेदवार रिजाललाई भोट हाल्छौ किन कि उग्रवामपन्थीहरुलाई परास्त गर्नु छ , प्रतिगमनकारी एमाले र उसका उम्मेदवारलाई जसरी पनि हराउनु छ, सत्तागठबन्धनलाई जिताउनु छ ।

भेलालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेदवार रिजालले ठोरिको बिकासको लागि आफनो तर्फबाट सदैव प्रयास रहने प्रतिबद्धता जनाए । उनले अहिलेको चुनाव लोकतन्त्र बिरोधी शक्तिलाई परास्त गर्ने चुनाव रहेकोले जनताले सत्ता गठबन्धनलाई नै जिताउने जिकिर गरे । उनले भने ,‘ देश संघीयतामा गइसकेको छ , अब भने बिकास निर्माण तर्फ मुलुकलाइ अगाडि बढाउने बेला भएको छ , त्यहिकारण पनि काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन जरुरी छ ।

कांग्रेस नेता सन्तोष श्रेष्ठ र माओवादी केन्द्रका नेता रतन पौडेलको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चौधरी, काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, काँग्रेसका क्षेत्रीय सभापति श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिस्टर अहमद,युवा नेता जीवनकृष्ण सापकोटा,राम श्रेष्ठ,राम कुमार कुवर,पदममाया श्रेष्ठ ,राम श्रेष्ठ,प्रकाश कुवर लगयतको पनि सहहभागीता थियो ।

The post पर्सा ४ मा रमेश रिजाललाई अत्याधिक मतले जिताउने ठोरीका माओवादी नेता कार्यकर्ताहरुको उद्घोष appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सा ४ मा रमेश रिजाललाई अत्याधिक मतले जिताउने ठोरीका माओवादी नेता कार्यकर्ताहरुको उद्घोष
पर्सा ४ मा रमेश रिजाललाई अत्याधिक मतले जिताउने ठोरीका माओवादी नेता कार्यकर्ताहरुको उद्घोष
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/thori-mao.jpg?resize=1024%2C577&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_993.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_993.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy