
मधेसखबर
वीरगन्ज,०३ कात्तिकः बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित त्रिवेणी स्पिनिङ उद्योगमा बिहीबार प्रहरी र मजदुर बिच भलडप हुदा १३ जना प्रहरी घाइते भएका छन् ।
मजदुरले उद्योग भित्रै बन्धक बनाएर राखेका व्यवस्थापक सहितका १३ जना कर्मचारीलाई उद्धार गर्न बिहीबार दिउँसो प्रहरी उपरिक्षक सहित गएका प्रहरी र मजदुर बिच झडप भएको हो ।
झडपका क्रममा प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो भने सटगनबाट एक राउण्ड हवाइ फायर पनि गर्नु परेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।उद्धार गर्न गएको प्रहरी टोली माथि मजदुरहरुले आक्रमण गर्दा १३ जना प्रहरी घाइते भएको उनले बताए । ती मध्ये गम्भिर अवस्थाका दुइ प्रहरीको वीरगन्जमा र बाँकी ११ प्रहरीको सिमरामा उपचार भइरहेको जानकारी उनले दिए ।
दशैंमा बोनस नपाएको भन्दै मजदुरहरुले उद्योगका प्रमुख कार्यकारी अधिकृत ( सिइओ )अशोक शर्मा , महाप्रबन्धक , प्रशासन अधिकृत सहित पाँच जना व्यवस्थापक र ८ कर्मचारी गरि १३ जनालाई बुधबार दिउँसो देखि नै उद्योग परिसरमा रहेको प्रशासनिक भवन भित्र थुनेर बन्धक बनाएका थिए ।

२४ घण्टा बिति सक्दा पनि उनिहरुलाई मजदुरहरुले नछोडेपछि बन्धक बनाइएकाहरुको स्वास्थ्य अवस्था नाजुक भएपछि उद्धारका लागि बिहीबार दिउँसो प्रहरी उपरिक्षक बोगटीकै नेतृत्वमा प्रहरीको टोली उद्योगमा पुगेको थियो । तर प्रहरी पुग्दा आन्दोलनरत मजदुरहरुले भुईमै सुतेर अवरोध गरि प्रहरीलाई छिर्न नदिएको र उद्योगमा ढुङगामुढा गरि तोडफोड गर्न थालेपछि प्रहरीले बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरी उपरिक्षक बोगटीले बताए ।
मजदुरहरुको अवरोधका बाबजुद पनि बन्धक बनाइएका व्यवस्थापक सहितका १३ कर्मचारीलाई भने सकुशल उद्धार गरिएको पनि उनले बताए । उद्धार गरिएका मध्ये स्वास्थ्य अवस्था नाजुक भएका उद्योगका सिइओ शर्मालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जानकारी पनि उनले दिए ।
प्रहरी उपरिक्षक बोगटीले भने ,‘ बन्धक बनाइएकाहरुको स्वास्थ्य अवस्था नाजुक हुदै गइरहेको थियो , हामीले पुगेर उनिहरुलाई छोडि देउ, बाँकी आफना आन्दोलनका कार्यक्रम गर , हामी केहि गर्दैनौ भनेर मजदुहरुसंग पटक पटक अनुरोध गरयौ , तर मजदुरहरु झन उग्र भएपछि स्थिती तनावपूर्ण बन्यो ।
झडपमा संलग्न मध्येका ७ जनाल मजदुरहरुलाइ प्रहरीले नियन्त्रणमा लिइएको पनि बोगटीले जानकारी दिए । तर झडपमा कति जना मजदुर घाइते भएको भन्ने बारे भने उनले खुलाएनन् ।
The post बाराको त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुर बिच झडप , ३१ राउण्ड अश्रु ग्याँस प्रहार , १३ प्रहरी घाइते appeared first on Madhes Khabar.