मधेसखबर
वीरगन्ज,०९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले पर्साको ४ वटै निवर्वाचन क्षेत्रमा जसपा–एमाले गठबन्धन विजयी हुने दाबी गरेका छन् ।
पर्साको पोखरीयामा बुधबार आयोजित जसपा–एमाले गठबन्धनको संयुक्त क्षेत्रीय बैठकलाई सम्बोधन गदै पूर्वमन्त्री एंव जसपा नेता समेत रहेका यादवले सत्ताधारी दलहरुको गठबन्धनलाई अपबित्र गठबन्धनको संज्ञा दिदै उक्त गठबन्धन भित्र चरम असन्तु्ष्टि र विद्रोह रहेकाले पर्साका ४ वटै क्षेत्रमा जसपा–एमाले गठबन्धनकै उम्मेदवारहरु जित्ने दाबी गरेका हुन् ।
जसपा–एमाले गठबन्धन देशको अपरिहार्यता र आवश्यकता भएको भन्दै यादवले काँग्रेस र माओवादी केन्द्रको जसपालाई सिध्याउने चक्रब्युह तोडन जसपा–एमाले गठबन्धन सफल भएको बताए । यादवले जसपाको अस्तित्वलाई सिध्याउन खोज्ने काँग्रेस र माओवादीको षडयन्त्र र चक्रब्युह विफल पार्नका लागि नै जसपाले एमालेसंग चुनावी गठबन्धन गर्नु परेको स्पगष्ट पारे ।
उनले भने ,‘ सत्तागठबन्धनमा रहदा काँग्रेस र माओवादीले थोरै सिट दिएर चुनावमा जसपाले थ्रेसहोल्ड पनि नकटाओस् , राष्ट्रिय दल बन्नबाट पनि बन्चित गराएर जसपालाई सिध्याउने षडयन्त्र गरेका थिए ,तर जसपा अध्यक्ष उपेन्द्र यादवले समय छदै ती दुइ दलको षडयन्त्र थाहा पाएर एमालेसंग चुनावी गठबन्धन गर्नु भयो ।
सत्तागठबन्धनले जसपालाई ११ सिट भन्दा बढि दिनै नमानेको स्मरण गराउदै यादवले त्यहि कारण दुरगामी सोच र सुझबुझ भएका अध्यक्ष उपेन्द्र यादवले एमालेसंग गठबन्धन गरेको बताए ।उनले विगतका तिता मिठा अनुभवलाई बिर्सिएर जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई इमान्दारिताका साथ दुवै दलका नेता कार्यकर्तालाई अपिल पनि गरे । यादवले भने ,‘ यदि थोरै पनि चुक भयो भने पार्टीलाई त्यो सह्य हुदैन ।
जसपा र एमालेका क्षेत्रीय अध्यक्षद्वयको संयुक्त अध्यक्षतामा सम्पन्न बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , एमालेका केन्द्रिय सदस्य प्रभु हजरा , पर्सा ३ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार राज कुमार गुप्ता , प्रदेशसभा सदस्य उम्मेदवारद्वय डाक्टर मधु गुप्ता र अब्दुल रहिम अन्सारी,जसपाका राजनीतिक समिति सदस्य हरिनारायण रौनीयार लगायतको सहभागीता थियो ।
The post पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी appeared first on Madhes Khabar.