पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि

वीरगन्ज, ०७ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा यपालि निक्कै रोचक हुने देखिएको छ । बजारका चोक, चिया पसलमा यहाँको चुनावी परिणाम के हुने हो भन्ने बारे अहिलेदेखि नै चर्चा परिचर्चा सुरु हुन थालेको छ । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवको क्षेत्र रहेकाले पनि यहाँको चुनावी माहोल रोचक बनेको हो ।

कतिपयले निवर्तमान सांसद् प्रदीप यादवले पुनः नतिजा दोहोर्‍याउन सक्ने अड्कल गरिरहेका छन् भने कतिपयले यो क्षेत्रले अहिलेसम्म दोहोर्‍याएर कसैलाई नजिताएको भन्दै इतिहासले निरन्तरता पाउने आंकलन गरिरहेका छन् ।

अहिले यस क्षेत्रबाट जसपा-एमाले गठबन्धनको साझा उम्मेदवार रुपमा जसपाका नेता प्रदीय यादव चुनावी मैदानमा छन् भने लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण छन् । यस्तै अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि वर्षौ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय पार्टीका पूर्व जिल्ला सभापति सभापति नै रहेका अजय द्विवेदी बागी उम्मेदवारको रुपमा मतदाता माझ पुगिरहेका छन् ।

यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ । आउँदो मंसिर ४ गते हुने मतदानले निवर्तमान सांसद् प्रदीप यादवलाई नै अनुमोदन गरेर नयाँ इतिहास बनाउँछ कि क्षेत्र नम्वर १ को पुरानो इतिहासलाई निरन्तरता दिन्छ त्यो भने हेर्नै बाँकी छ । तर यहाँ हामीले यो क्षेत्रमा २०७४ को निर्वाचन अनि भर्खरै सम्पन्न २०७९ को स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतका आधारमा हुनसक्ने संभावित परिणाम केलाउन खोजेका छौँ ।

२०७४ को अवस्था

२०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार रहेका यादव निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार अनिल रुंगटालाई ४ हजार ६५१ मतले पराजित गर्दै पहिलो पटक संसद् भवनको यात्रा तय गरेका थिए ।
यादवले २१ हजार १३२ मत ल्याउँदा रुङ्गटाले १६ हजार ४८१ मत ल्याएका थिए भने एमालेका विचारी यादव ५ हजार ४८८ मत मै समेटिन पुगेका थिए ।

२०७० को दोस्रो संविधानसभाका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवार विचारी यादवसँग भोगेको पराजयको परिणाम २०७४ को निर्वाचनमा प्रदीप यादवले उल्ट्याउँदै संसद् भवन छिरेका थिए । विचारी भने त्यो निर्वाचनमा तेस्रो स्थानमा पुगेका थिए ।
अहिले भने यी नै विचारी र प्रदीप एक ठाउँमा छन् । प्रदीप प्रतिनिधिसभा सदस्य उम्मेदवार हुँदा विचारी प्रदेशसभा सदस्यको उम्मेद्वार बनेरसँगै घरदैलो गरिरहेका छन् । अनिल रुङटा भने चुनावी दौडबाट बाहिरिँदै समानुपातिक तर्फ पुगेका छन् ।

२०७९ को स्थानीय तहको परिणाम

पछिल्लो पटक २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा पनि यो क्षेत्रमा जनता समाजवादी पार्टी (तत्कालिन संघीय समाजवादी फोरम) कै पक्कड बलियो देखाएको छ ।

वीरगन्ज महानगरपालिकाको १९ वटा वडा समेटिएको यो क्षेत्रमा ८ वटा वडा जसपाले जितेको छ । ६ वटा एमाले, ४ वटा कांग्रेस र एउटा वडामा मात्रै लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ ।

यो हिसाबले पनि जसपा एमाले गठबन्धनको जोड्दा १४ वटा वडा पुग्छ भने सत्तारुढ गठबन्धन कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीको ५ वटा मात्रै पुग्छ ।

वडा अध्यक्षहरुले पाएको कुल मत जोड्दा पनि जसपा एमाले गठबन्धन नै भारी देखिन्छ । जसपा एमालेका वडा अध्यक्षहरुले यस क्षेत्रका वडाहरुमा पाएको मत जोड्दा ३२ हजार देखिन्छ भने कांग्रेस र लोसपा, माओवादी केन्द्र र नेकपा एसको जोड्दा पनि २० हजार पुग्न मुस्किल छ ।

यो त भयो गएका निर्वाचनहरुमा पाएको मत परिणामको प्राविधिक पक्ष । अहिलेका मतदाता पार्टी भन्दा उम्मेदवार हेरेर मत दिने बढेका छन् । विगतमा पार्टीकै पक्षमा मतदान गर्नेहरु अब भने उम्मेदवारको योग्यता र क्षमता हेरेर मत दिन थालेको तथ्य गत स्थानीय तहको निर्वाचनमा आएको परिणामले संकेत गरिसकेको छ । त्यसमाथि क्षेत्र नम्बर १ का मतदाता चलायमान रहँदै आएको विगतको परिणामले पनि देखाएको छ ।

अंकगणितीय हिसाबमा जसपा-एमाले गठबन्धनका उम्मेदवार प्रदीप यादव फराकिलो अन्तरका साथ अघि देखिरहँदा सत्तारुढ गठबन्धनतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार लक्ष्मणलाल कर्ण भने उनी भन्दा निक्कै पछि देखिन्छन् ।

दुवै गठबन्धनका रुष्ट फकाउँदै द्विवेदी

यसमा पनि सत्तारुढ गठबन्धनलाई चुनौति दिँदै बागी उठेका अजय द्विवेदी त्यही भित्रबाट मत तान्ने कसरतमा छन् ।
गठबन्धनमा रहेको कांग्रेसका जिम्मेवार नेताहरु नै द्विवेदीको पक्षमा मत माग्दै हिँड्नुले कर्णलाई घात हुने निश्चित देखिन्छ । द्विवेदीको मत माग्दै यहाँका काँग्रेस महाधिवेशन प्रतिनिधि, पार्टीबाट स्थानीय तहमा जितेका कार्यपालिका सदस्यहरु नै हिँडिरहेका छन् ।
अर्को जसपा एमाले गठबन्धनमा पनि अन्तर्घात हुने यदकदा सुनिने गरेको छ । दुबै गठबन्धनका असन्तुष्ट र अन्य मतदाताको मन जित्ने ध्याउन्नमा बागी उम्मेदवार द्विवेदी लागेको देखिन्छ । त्यसैले यस पटकको चुनाव निकै रोचक देखिन्छ ।

कामको मूल्यांकन गर्ने विश्वास लिएको छु : यादव

जसपा एमाले गठबन्धनका उम्मेदवार प्रदीप यादव आफूले पहिलो कार्यकालमा गरेको कामलाई देखेर मतदाताले पुनः निर्वाचित गराउने विश्वासमा छन् । कार्यकालको अन्तिममा वन तथा वातावरणमन्त्रीसमेत बनेका यादवले यस क्षेत्रको वडा नम्वर ३२ मा नेपालकै ठूलो चिडियाघर बनाउने महत्वकाक्षी योजना कार्यान्वयनमा ल्याएका छन् ।

कार्यकालमा बाटो, नाला तथा यस क्षेत्रको भौतिक विकासमा योगदान दिएको सम्झँदै गर्न बाँकी काम अझै रहेकाले मतदाताले पुनः निर्वाचित गराउनेमा उनी विश्वस्त देखिन्छन् । पार्टीगत रुपमा र गठबन्धनको हिसाबमा पनि बलियो रहेको र काम गरेर पनि देखाएकाले आफ्नो जित निश्चित रहेको उनी बताउँछन् ।

पर्सा जिल्लालाई सँधै उचो राख्ने काम गरेको छु : कर्ण

यता सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले एउटा क्षेत्रको लागि मात्रै नभई आफूले पर्सा जिल्लाको नाम चिनाउने गरी काम गरेकाले मतदाताले फेरि पनि आफूलाई नै जिताउने बताउँछन् ।

यस अघि पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका उनी सिट बाँडफाँडमा क्षेत्र नम्वर १ लोसपाको भागमा परेपछि अहिले १ को उम्मेदवार बन्न आइपुगेका हुन् । अहिलेको लडाई प्रतिगमन विरुद्धको लडाई भएकाले संविधान र संघीयता रक्षाका लागि पनि मतदाताले आफूलाई नै विजयी बनाउने उनको विश्वास छ ।

मेरो प्रतिस्पर्धा कर्णसँग होइन प्रदीपसँग मात्रै : द्विवेदी

यता बागी उम्मेदवार द्विवेदी भने जितको आधार सत्ता गठबन्धनको मत नै भएको बताउँछन् । ‘सत्ता गठबन्धनको मत कर्णलाई जाँदैन,’ उनी भन्छन्, ‘लामो समयसम्म मैले पार्टीप्रति देखाएको इमान्दारिताको मूल्यांकन मतदाताले गर्ने छन्, गठबन्धनेको मत पनि मलाई नै आउने छ ।’

यस्तै अर्को गठबन्धनमा पनि थुप्रै असन्तुष्ट मतदाताले आफूलाई नै मत हाल्ने उनी बताउँछन् । ‘अर्को गठबन्धनका थुप्रै असन्तुष्ट मतदातालाई मैले भेट्दा उहाँहरु पनि मलाई नै मत हाल्न तम्तयार हुनुभएको पाएँ,’ यसले जितको झनै सुनिश्चितता गरेको छ ।’

आफूलाई टिकट नदिएर क्षेत्र नम्बर ४ को व्यक्तिलाई क्षेत्र नम्बर १ को टिकट दिइएपछि अन्यायको प्रतिकार गर्न आफूले उम्मेदवार दिएको पनि उनी बताउँछन् ।

उनले आफ्नो प्रतिस्पर्धा कर्णसँग नभई प्रदीप यादवसँग भएको बताउँदै अन्तिममा आफूले नै जित्नेमा विश्वास व्यक्त गरे ।

गठबन्धनले राजनीतिलाई बन्धक बनाइदिएको तर्क गर्दै उनले लोकतान्त्रिक सिद्धान्तको विरुद्धमा गरिएको गठबन्धन मतदाताले मान्नु पर्छ भन्ने नरहेको बताए ।

The post पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि
पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_685.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_685.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy