घडीअर्वा छठघाटमा यसपालि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने

मधेसखबर
वीरगन्ज,१० कार्तिक : वीरगन्जको घडीअर्वा छठपूजा व्यवस्थापन समितिले छठघाटमा आउने ब्रतालु र भक्तजनहरुको सुरक्षा र सहजताका लागि सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको छ ।

बिहीबार घडीअर्वा पोखरी छठघाट परिसरमै भएको छलफलमा जिल्ला प्रशासन कार्यालय , नेपाल प्रहरी , सशस्त्र प्रहरी , ट्रापिक प्रहरी , राष्ट्रिय अनुसनधान विभागका प्रमुख र प्रतिनिहरु सहभागी थिए ।

उक्त छलफलमा सहभागी सुरक्षा निकायका प्रमुखहरुले यस बर्षको छठ पूजामा घडीअर्वा पोखरी छठघाटमा विगतको भन्दा पनि चुस्त र व्यवस्थित सुरक्षाको प्रबन्ध मिलाइने प्रतिबद्धता जनाए ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीकान्त ढकालले छठघाटको सुरक्षामा स्थानीय प्रशासन र प्रहरीका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । घडीअर्वा छठघाटमा आवश्यक सुरक्षाकर्मी उपलब्ध गराइने जानकारी उनले गराए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले छठपूजाका लागि देशभरमै उत्कृष्ट रहेको घडीअर्वा छठघाटमा ब्रतालु र भक्तजनहरुको सुरक्षा र सहजताका लागि समितिसंग समन्वय गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने जानकारी गराए । यसपालिका आफुहरुसंग म्यादी प्रहरी पनि भएका कारण जनशक्तिको अभाव नभएको पनि उनले बताए ।

यस्तै सशस्त्र प्रहरी नायब उपरिक्षक सन्तोष बस्नेतले पनि आवश्यक संख्यामा प्रहरी परिचालन गर्नुका साथै सादा पोशाकमा पनि सुरक्षाकर्मी खटाइने बताए । विशेष गरि महिलाहरुको पर्ब भएका कारण छठघाटमा नेपाल र सशस्त्र प्रहरीका तर्फबाट जनशक्तिले भ्याए सम्म महिला सुरक्षाकर्मी पनि खटाइने जानकारी उनले गराए । यस्तै पोखरीको जलाशयमा सम्भावित दुर्घटना हुन नदिन सशस्त्र प्रहरीका तर्फबाट पनि आवश्यक जनशक्ति उपलब्ध गराइने उनले बताए ।

बैठकमा समितिका सचिव सन्तोष गुप्ताले. यसपालिका छठघाटका चार वटै गेट , परिसर भित्र र बाहिर गरि १४ स्थानमा सिसिटिभी क्यामेरा पनि जडान गरिने जानकारी गराए । त्यस्तै छठघाट परिसरमै प्राथमिक उपचार शीवीर स्थापना गरिने र एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल रेडक्रस सोसाइटीका प्रभाकर गुप्ताले बताए । वीरगन्ज महानगरपालिकाले छठघाट छेउकै कर कार्यालय अगाडि वारुण यन्त्र पनि तयारी अवस्थामा राख्ने वडा नम्बर १० वडा अध्यक्ष सुशिल साह कानुले जानकारी गराए ।

सुरक्षा उपसमितिका संयोजक अजय गुप्ताले छठघाटमा सुरक्षाको दृष्टिकोणले कुनै पनि सम्झौता नगरिने बताउदै ढुक्क भएर छठघाटमा आउन र पूजा दर्शन गर्न आग्रह गरे ।

बैठकमा समितिका अध्यक्ष हिरा साह कानु , उपाध्यक्ष दिलिप साह कानु् , सचिव सन्तोष गुप्ता, सहसचिव मुन्ना साह , कोषाध्यक्ष तिलक साह कानु , सदस्यहरु सोनालाल साह , दिपक साह , समितिका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता , निवर्तमान अध्यक्ष प्रेम साह कानु , वरिष्ठ अधिवक्ता पन्नालाल गुप्ता , ट्राफिक प्रहरी नायब निरिक्षक राजेन्द्र गैरे , प्रहरी नायब निरिक्षक आरपि साह र बच्चा साह , स्थानीय शम्भु साह कानु , मनोहर साह , सन्चारकर्मी प्रणय साह लगायतको पनि सहभागीता थियो ।

 

The post घडीअर्वा छठघाटमा यसपालि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: घडीअर्वा छठघाटमा यसपालि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने
घडीअर्वा छठघाटमा यसपालि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/chhath-kl.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_678.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_678.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy