पर्सा १ ले यसपाली नयाँ इतिहास रच्नेछ : प्रदीप यादव

२०४७ सालमा प्रजातन्त्र पुनःस्थापना पछि भएका कुनै पनि आम निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ ले दोहोर्याएर प्रतिनिधि चुनेको छैन ।

उम्मेद्वारहरु दोहोर्याएर चुनावमा नहोमिएका होइनन् , तर मतदाताले दोहोर्याएर आउने उम्मेद्वारलाई जनमत दिएको देखिँदैन । राजेन्द्र बहादुर अमात्य, करिमा बेगम पछिल्ला समयको ज्वलन्त उदाहरण हुन् ।
पर्सा क्षेत्र नम्बर १ ले चुनावै पिच्छे नयाँ अनुहारलाई मात्रै अनुमोदन गर्दै आएको छ ।

यस पटक यही परीक्षामा छन् निवर्तमान मन्त्री प्रदीप यादव । उनी पुनः अनुमोदन हुन्छन् हुँदैनन् आउँदो मंसिर ४ गते हुने मतदान कुर्नु पर्ने हुन्छ । तर यादव भने पुनः यही क्षेत्रबाट जनमतबाट दोहोर्याएर अनुमोदन हुदै विजयी मात्रै नभई नयाँ इतिहास नै रच्ने जोशका साथ चुनावी मैदानमा छन् ।

उनै निवर्तमान वन तथा वातावरण मन्त्री प्रदीप यादवसँग समग्र चुनावी सेरोफेरोमा रहेर हामीले कुराकानी गरेका छौँ :

१)चुनावी घरदैलो, रोड शो गरिरहनु भएको छ, कत्तिको सहज लागि रहेको छ ?

सहज र असहज मान्छेले कसरी लिन्छ भन्नेमा भर पर्छ । म त सँधै जनताकै दुखसुख र सेवामा जनतासँगै रहेकाले मैदान असहज देख्दिन । चुनाव भनेको मतदाताको मन जितेर मत लिने कुरा हो । मैले त मतदाताको मन जित्ने गरी थुप्रै काम गरेर देखाएको छु । अहिले मेरो क्षेत्रमा तपाई आउनु हुन्छ भने यहाँ बनेका हरेक सडक, नाला मेरै प्रयासमा बनेका हुन् । कतिपय योजना निर्माणधिन अवस्थामै छन् । विद्यालय, स्वास्थ्य चौकी जस्ता संस्थाहरुको स्थापना तथा स्तारोन्नती गर्ने काम गरेको छु । यहाँका जनताको सुखदुखमा सँधै सँगै छु । साथमै छु । मन्त्री हुँदा पनि म काठमाण्डौमै डेरा जमाएर बसिन । हर समय आफ्नो ठाउँमा बसेर आफ्ना मतदाताको सेवामा सँधै लागिरहेकाले मैदान असहज मैले देखेको छैन । घरदैलो, रोड शो मा जाँदा मतदाताको अपार आत्मीयता र समर्थन पाइरहेको छु , यसले मलाई थप उत्साहित बनाइरहेको छ ।

२) यो क्षेत्रले अहिलेसम्म दोहोर्याएर कसैलाई पनि जिताएको छैन ।तपाईँलाई पनि थाहा छ यो कुरा ।थाहा हुँदा हुँदै फेरि चुनावी दौडमा हामफाल्नु भएको छ । डर लाग्या छैन हारिएला भन्ने ?

हो मलाई थाहा छ । यो क्षेत्रले अहिलेसम्म कुनै पनि प्रतिनिधिलाई दोहोर्याएर मौका दिएको छैन । मतलब दोहोर्याएर कसैले पनि जितेका छ्रैनन् । यस्तो किन भयो भनेर कसैले खोजेको छ त ? कारण त पक्कै होला । जसलाई यहाँका मतदाताले विश्वास गरेर जिताए जितेपछि उसले मतदातालाई विर्सेको हुन सक्छ । मतदाताको सुखदुखबाट टाढा भएको हुनसक्छ ।आवश्यक पर्दा नभेटिएको हुन सक्छ । यस ठाउँका विकासका लागि गर्नु पर्ने काम नगरेको हुनसक्छ । अर्को कुरा आम मतदाता वा भनौँ यहाँका जनतालाई सहज हुने गरी गरिदिनु पर्ने अतिआवश्यक कामहरुमा समन्वय नगरिदिएको पनि हुन सक्छ । त्यसैले मतदाताले दोहोर्याएर नजिताएका हुन सक्छन् ।
तर म त पदमा हुँदा पनि नहुँदा पनि यही ठाउँका लागि काम गरिरहेको मान्छे । यहीँ जन्मे, यहीँ हुर्के , यो नै मेरो घर , अनि यो नै मेरो संसार । यहाँका सबै मेरा परिवार । यो सिद्धान्तमा हिडेको मान्छेले मैले सदैव यहाँका नागरिकको भलाईका लागि, यस क्षेत्रको विकासका लागि काम गरेको छु र गर्दै पनि छु ।

मेरो पालामा जति काम भए यस अघिका प्रतिनिधिको पालामा भएको देखाउन सक्नु हुन्छ ? पक्कै पनि भएनन् । गर्न सकेनन् उनीहरुले । त्यही भएर उनीहरु दोहोरिन सकेनन् । मलाई के विश्वास छ भने यस पटक आम मतदाताले दोहोर्याउने मात्रै होइन नयाँ इतिहास नै कायम गराउने गरी मलाई नै अनुमोदन गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।

३) जसपाले मधेसको मुद्धा विर्सियो, त्यही भएर एमालेसँग गठबन्धन गर्यो । भन्ने खालको आरोप छ । यसले चुनावमा प्रभाव पार्दैन ?

जसपाले मधेस र मधेसीको मुद्धा कसरी बिर्सन सक्छ ? त्यो कसैले आरोप लगाउँदैमा हुने कुरा हो र ?जसपा मधेस र मधेसीको बलिदानीबाट जन्मिएको, शहिदको रगतबाट सिंचिएको पार्टी हो । त्यतिकै विर्सने कुरा हुन्छ ? हुनै सक्दैन । हाम्रो त रगतको कणकणमा मधेस र मधेसीको मुद्धा छ । पहिचान, संघीयता मधेसी आन्दोलनकै कारण स्थापीत भएको हो नि । प्रदेशको नामाकरण गरेर पनि हामीले मधेसीको पहिचान दिलाउन केही हदसम्म काम गरेकै छौँ नि । यो त कसैले विर्सने कुरा त होइन होला । त्यसैले मधेसीलाई अधिकार सम्पन्न बनाउने मुद्धा, मधेसको पहिचानको मुद्धामा हामी सँधै अडिग भएर लडिरहेका छौ । लडिरहन्छौँ । त्यसमा कोही कसैले शंका गरिरहनु पर्दैन ।

अर्को कुरो रह्यो एमालेसंगको चुनावी तालमेलको । एउटा कुरा के स्पष्ट हुनुस् भने हामीले एमाले गठबन्धन गरेकै होइन , चुनावी तालमेल मात्र गरेको हो ,यो बारेमा पनि मधेसी जनता स्पष्ट हुनु पर्नेछ । हामी सत्ताधारी दलसँगको गठबन्धनमा सत्तामै थियौँ । तर यो चुनावमा सत्ताधारी गठबन्धनले जसपा पार्टीलाई नै नामेट गराउने षड्यन्त्र गर्यो ।जसपाको थ्रेस होल्ड पनि नकटोस, राष्ट्रिय पार्टी पनि नबनोस भन्ने षड्यन्त्र गरेर हामीलाई खुम्च्याउने षडयन्त्र गरिएको गठबन्धनमा ।

यत्रो लडाई लडेर अधिकार लेख्ने बेलामा पाखा लगाउन खोजे पछि विकल्प त खोज्नै पर्यो नि । त्यही विकल्पमा एमालेसँगको चुनावी तालमेल मात्र गरिएको हो , गठबन्धन होइन । यसमा कसैले अन्यथा लिन पर्ने अवस्था छैन । हामी रहे हाम्रा मुद्धाहरु रहन्छ ।हामी नै नरहे ती मुद्धाहरु त बागमतीमा लगेर बगाउने काम हुन्छ ।यीनीहरुले बगाइदिन्छन् । अनि हामी सँधै अधिकार विहीन भएर तड्पीनु पर्ने बाध्यता आइलाग्छ । त्यसैले हामीले हाम्रा बाँकी रहेका अधिकार प्राप्त गर्न एमालेसँग चुनावी तालमेल गरेर चुनावी मैदानमा उत्रेका हौँ । र योसंगै म के आग्रह पनि गर्छु भने जसपा एमालेका साझा उम्मेदवारलाई मत दिएर विजयी बनाइ दिनु होला मतदाताले ।

४) यो क्षेत्रमा सत्ता गठबन्धनकै अनि अन्य स्वतन्त्र उम्मेद्वारहरु पनि छन् । तपाईँलाई चाहिं प्रतिष्पर्धा को सँग छ जस्तो लाग्या छ ?

वास्तवमा भन्नुहुन्छ भने मेरो प्रतिष्पर्धा कसैसँग पनि छैन । म त यहाँका नागरिकको घरदैलो चुलोचौकामा पुगेको मान्छे । सबै मतदाताको सद्भाव, माया, आशिर्वाद पाउनेमा म ढुक्क छु । केही नगरी काठमाण्डौमा बसेर एकै पटक यहाँ आएको भए प्रतिष्पर्धा गर्न पर्ने हुन्थ्यो होला । तर म त यही रहेर सँधै सेवा गरिरहेको मान्छेलाई मतदाताहरुले चिन्नु भएको छ । कसले के कति गर्न सक्छ भन्ने राम्रो सँग थाहा छ हाम्रा मतदाताहरुलाई । सक्षमलाई जिताउने हो । गर्न सक्नेलाई जिताउने हो । भन्ने कुरा सबैले बुझेका छन् । पटक पटक अवसर पाएर केही नगर्नेहरुलाई होइन गरिरहेको र गर्न खोज्ने, गर्न आँट गर्नेलाई जिताउनु पर्ने रहेछ भन्ने कुरा सबैले बुझ्नु भएको छ । घरदैलोका क्रममा मतदाताले पनि यही भन्ने गरेको पाएको छु । त्यसैले मेरो प्रतिष्पर्धा कसैसँग छैन ।

५) सत्ता गठबन्धन कमजोर छ त उसो भए ?

मैले अरुको कमजोरी के छ के छैन भनेको होइन । मैले त आफ्नो कुरा गरेको हो । तपाईहरुले नै पनि मूल्यांकन गर्न सक्नु हुन्छ नि । यसअघि ४ नम्बर क्षेत्रबाट जितेर केहि काम नगरेका नेता ज्यु अहिले त्यहाबाट भागेर १ नम्बरमा गठबन्धनको उम्मेदवार बनेर आउनु भएको छ जसलाइ यस क्षेत्रका कतिपय मतदाताले चिनेका पनि छैनन् । म सोध्नु चाहन्छु , सत्ता गठबन्धनका अहिले उम्मेद्वार बनेका नेता ज्युले यसअघि आफू जितेको ठाउँमा के गरे ? अनि उनी जितेपछि मतदातासँग कतिको साथमा रहे भन्ने कुराहरु त तपाईहरुलाई छर्लङ्गै छ । त्यसैले अहिले चुनावमा व्यक्तिको व्यक्तिगत चरित्रले पनि ठूलो प्रभाव पार्ने गरेको छ । हामीले जिताएर पठाएपछि उसले के काम गर्यो त भन्ने कुरा मतदाताले हेरिरहेका हुन्छन् नि । पाँच वर्ष हेरेपछि चित्त नबुझ जनताले फाल्न सक्छन् । त्यसैले त जनता जर्नादन भनिएको हो नि । मैले त यो क्षेत्रका लागि मात्रै होइन समग्र जिल्लाकै विकासका लागि उपलब्धिमुलक काम गरेको छु । नेपालमै सबैभन्दा ठूलो खुला चिडियाखाना बनाउन म मन्त्री भएकै बेला बजेट छुट्याएर काम अघि बढाए । अन्य विकास निर्माणका काम त निरन्तर गरिरहेकै छु । त्यसैले अरुको भन्दा मैले आफ्नो कुरा गर्ने गरेको छु । जे मैले गर्न सक्छु त्यो भनिरहेको छु । जे गरेको छु त्यो सुनाई रहेको छु ।

६) अन्त्यमा भन्न पर्ने केही छ ?

फेरि पनि उही भन्छु, काम गर्नेलाई मत दिनुहोला । तपाईको मत अमूल्य छ । यो अमूल्य मत खेर जान नदिनुहोला भन्न चाहन्छु । चुनावमा मेरो जित भए पनि नभए पनि म त तपाईसँगै रहने छु । रहँदै आइरहेको पनि छु । त्यसैले खेर नजाने गरी सही व्यक्तिलाई मत दिएर जिम्मेवारी सुम्पनुहोला भन्ने चाहन्छु ।

The post पर्सा १ ले यसपाली नयाँ इतिहास रच्नेछ : प्रदीप यादव appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सा १ ले यसपाली नयाँ इतिहास रच्नेछ : प्रदीप यादव
पर्सा १ ले यसपाली नयाँ इतिहास रच्नेछ : प्रदीप यादव
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_64.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_64.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy