पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै

मधेसखबर
वीरगन्ज,२६ असोज : पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले चुनावी गतिविधी तिब्र पारेको छ । पर्सा ४ को प्रतिनिधीसभा सदस्यमा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली काँँग्रेसका रमेश रिजाल छन् ।

रिजालले गत आइतबार उम्मेदवारी दर्ता गराएसंगै त्यस क्षेत्रमा काँग्रेसले चुनावी गतिविधी तिब्र पारेको हो । यसै क्रममा काँग्रेसले बुधबार क्षेत्र नम्बर ४ को दुइ पालिकामा छुट्टा छुटटै कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।काँग्रेस क्षेत्रीय कार्य समितिले धोबिनी गाँउपालिकाको लङगडी र कालिकामाइ गाँउपालिकाको मुडड्लीमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।

काँग्रेस उम्मेदवार रिजालको प्रमुख आतिथ्यतामा भएको दुवै कार्यक्रममा त्यस क्षेत्रका काँग्रेस अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजाललाइ अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता जनाए । उनिहरुले क्षेत्र नम्बर ४ को विकासमा सधै लागि रहने रिजाल यसपालि पनि उम्मेदवार बनेकाले यसले क्षेत्रका जनता पनि उत्साहित भएको बताए ।

कार्यक्रममा बोल्दै गठबन्धनका साझा उम्मेदवार रिजालले विगतमा चुनाव हारे जिते पनि आफु क्षेत्रका जनताको सुखदुखमा सदैेव साथमा रहददै आएकाले जनमत आफनो पक्षमा रहेको बताए । उनले काँग्रेसले गरेका देशको समृद्धि र विकासका लागि गरेका काम बारे जनतालाइ बुझाउन कार्यकर्तालाइ निर्देशन पनि दिए । रिजालले काँग्रेसकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको सन्देश पनि जनता माझ पुरयाउन अनुरोध गरे ।

कार्यक्रममा पर्सा ४ (ख) का उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला प्रवक्ता रमेश पान्डे ,महाधिबेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, श्याम पटेल ,जिल्ला सह सचीव नवीन सिंह ,क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव,सचिव बालिस्टर अहमद , नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारी , कालिकामाइ गाँउपालिकाका अध्यक्षका प्रत्यासी अजय पटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

The post पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै
पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/rjal-2.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_63.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_63.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy