मधेसखबर
वीरगन्ज ,२४ असाेज : पर्साकाे निर्वाचन क्षेत्र नम्बर १ काे (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता ओमप्रकाश सर्राफले राजनीतिमा युवाहरुकाे हस्ताक्षेपका लागि आफनाे उम्मेदवारी रहेकाे बताएका छन् ।
उनले दलीय सिण्डीगेट ताेड्नका लागि पनि आफुले स्वतन्त्र उम्मेदवारी दिएकाे बताएका छन् । लाेसपाकाे वीरगन्ज महानगर अध्यक्ष समेत रहिसकेका र सामाजिक अभियन्ताका रुपमा सामाजिक कार्यमा निरन्तर सकृय रहेका सर्राफले भने, अब युवाहरुले आफुलाई दल र नेताकाे झाेलेमा सिमित राख्नु हुन्न , राजनीतिमा युवाकाे सशक्त हस्ताक्षेप आवश्यक भईसकेकाे छ , त्यस कारण पनि आफुले स्वतन्त्र उम्मेदवारी दिएकाे हु ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार बनेकाे क्षेत्रबाटै स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता सर्राफले विगत ५ बर्षमा मुख्यमन्त्री राउतले भ्रष्टाचार र अनियमितता बाहेक केही पनि नगरकाले यसपालि जनताले उनकाे विकल्प खाेजिरहेकाे र त्याे विकल्प आफू रहेकाे बताए ।
सर्राफले भने , मुख्यमन्त्री राउतकै कारण वीरगन्ज राजधानी बन्न सकेन , राउतले मुख्यमन्त्री पदसंग राजधानि समटेर जनकपुरलाई बनाए , साईकल काण्ड जनताका सामु छर्लङ्ग छ , स्वच्छता अभियानमा कमिशन खाएर मधेसका पाेखरीहरु अलपत्र पारिएका छन् , राउत मुख्यमन्त्री बनेर वीरगन्जले बदनामी बाहेक केही पाएन ।
उनले लाेसपाका नेताले आफनाे सिट सुरक्षित गर्नका लागि गठबन्धन गरेर वर्षाै देखि पार्टीमा लागेका कार्यकर्ताहरुकाे राजनीति समाप्त पारेकाे गुनासाे पनि गरे । सर्राफले पर्सा १ (ख) का जनता र मतदाताकाे माग र चाहनाकाे सम्मान गर्दै आफुले स्वतन्त्र उम्मेदवारी दिएकाे र यसले आफनाे क्षेत्रका मतदाता निक्कै उत्साहित भएकाे दाबि पनि गरे ।
The post पर्सा १ (ख) का युवा उम्मेदवार सर्राफ भन्छन् : मतदाताले मुख्यमन्त्री राउतकाे विकल्प खाेजिरहेका छन् appeared first on Madhes Khabar.