राप्रपाका उम्मेदवार किरण डंगोलद्वारा घरदैंलो अभियानलाई निरन्तरता

वीरगंज, ३ कात्तिक । प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट राप्रपाका उम्मेदवार किरण डंगोलले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । 
डंगोलको उम्मेदवारीले पर्सा क्षेत्र नम्बर १ का मतदाताहरूमा थप उत्साह थपिएको छ । अहिलेसम्मका उम्मेदवारहरू मध्य नयाँ अनुहार भएकाले पनि मतदाताको रोजाईमा आफूलाई मतदाताको विकल्पको रूपमा अगाडि आएको डंगोलको भनाई छ । 
नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग गर्दै आएकाहरूका लागि, राजसंस्था पुर्नस्थापनाको माग गरेकाहरूका लागि साथै सामाजिक सदभाव कायम राख्नेहरूका लागि पनि आफूले उम्मेदवारी दिएकोले मत पाउनेमा डंगोल विश्वस्त हुनुहुन्छ । 
बाम लोकतान्त्रिक गठबन्धनका तर्पmबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण, एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसँगै राप्रपाका उम्मेदवार किरणमान डंगोल पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 
चारैजना उम्मेदवार मध्य डंगोल पनि राजनीतिक क्षेत्रमा लागेको पूराना नेता हुनुहुन्छ । कृष्ण प्रसाद भट्टराईकै पालादेखि नेपाली कांग्रेसमा लाग्नुभएका डंगोल नेता मात्रै होईन उहाँ गीतसंगीत र खेलकुद क्षेत्रमा पनि उक्तिकै दख्खल राख्ने व्यक्ति हुनुहुन्छ ।
पञ्चायतको समयमा नेपालमा कराँते खेल नेपालमा प्रतिबन्ध रहेको अवस्थामा पनि भारतको रक्सोलसम्म पुगेर खेल खेल्ने र खेलाउने गर्नुभएका डंगोलले धेरै गीतहरूमा पनि संगीत सृजना गरेका छ । 
वीरगंजबाटै सांगितिक क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका कलाकारहरू, प्रकाश श्रेष्ठ, मधु क्षेत्री लगायतका कलाकारहरू उहाँका त्यतिखेरका सहयात्रीहरू हुनुहुन्छ । नेपाली कांग्रेस प्रभावशाली नेता रमेश रिजाल भन्दा पहिले जिल्ला कार्यसमितिमा रहेर काम गर्नुभएका डंगोलका पूराना कांग्रेस नेताहरूको सहानुभूति र सदभावले पनि थप बल पुर्रुयाएको छ । 
झण्डै एकवर्ष पहिले नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गर्नुभएका डंगोल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्पmबाट पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा उहाँलाई राप्रपाले मात्रै होईन हिन्दुवादी संघ संस्था र समुदायको पनि उत्तिकै साथ र सहयोग पाउनेमा निश्चिन्त हुनुहुन्छ । 
लक्ष्मणलाल कर्ण, अजय द्विवेदी र किरण डंगोल बौद्धिकताको हिसाबलेपनि उत्तिकै विज्ञता भएका उम्मदवारहरू हुन् । त्यसलैले पनि आउने निर्वाचनमा पर्साको विकास र समृद्धिको लागि पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरूले बौद्धिक नेताहरू मध्य कुनै एकलाई छान्नुपर्ने विकल्प रहेको छ । 
राप्रपा क्षेत्र नम्बर १ का उम्मेदवारहरूले शनिवार मात्रै वीरगंजको प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिर अगाडि नै पत्रकार सम्मेलन गरेर कसम खाएर जनताको चाहाना र सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । राप्रपा नेतृत्वमा राजेन्द्र लिङ्गदेनको आगमनपछि र पर्सामा डंगोलको प्रवेशले राप्रपाको संगठन पनि बलियो बन्दै गएको छ ।
त्यसैले पनि आगामी निर्वाचनमा दुर्ईगठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारसँगै आपूmलाई प्रतिस्पर्धी उम्मेदवारको रूपमा अगाडि रहेको डंगोलको दावी छ । 
neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: राप्रपाका उम्मेदवार किरण डंगोलद्वारा घरदैंलो अभियानलाई निरन्तरता
राप्रपाका उम्मेदवार किरण डंगोलद्वारा घरदैंलो अभियानलाई निरन्तरता
https://blogger.googleusercontent.com/img/a/AVvXsEiE33dZ5pARDVvvjSk4NhkIdr4QY_Zn582FKHJVedMPqE06J16QhSzcWhKDlngZPcUOKn-WXdG7vxrIQHDs4gFPOGaqGstwx6cV8AL2FPd9Kc6e2079j3SnuOsAE--btEhIwPthz80trWMEOfdNa4WqZSldKFlIf-e2qW9xSwB-49RbQjU6JZXJIfFSjw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiE33dZ5pARDVvvjSk4NhkIdr4QY_Zn582FKHJVedMPqE06J16QhSzcWhKDlngZPcUOKn-WXdG7vxrIQHDs4gFPOGaqGstwx6cV8AL2FPd9Kc6e2079j3SnuOsAE--btEhIwPthz80trWMEOfdNa4WqZSldKFlIf-e2qW9xSwB-49RbQjU6JZXJIfFSjw=s72-c
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_51.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_51.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy