पर्सा–१ का मतदाता भन्छन् : हामीले खोजेको नेता प्रदीप यादव नै हुन्

मधेसखबर
वीरगन्ज,०३ कात्तिक : पर्सा १ मा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरुले रोड शो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै जसपा र एमालेको गठबन्धनका उम्मेदवारहरुले वीरगन्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरुमा निरन्तर रोड शो गरीरहेका छन् ।

गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवसंगै प्रदेशसभा सदस्य उम्मेदवारद्वय विचारी यादव र मोहम्मद लालबाबु राउत गद्दीले बिहीबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ को छपकैया, वडा नम्बर ४ को विर्ता, वडा नम्बर ५ को कुम्हाल टोल र वडा नम्बर ७ को राम टोल र गहवामा संयुक्त रोड शो गरेका हुन् ।

रोड शोका क्रममा पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवको पक्षमा मतदाताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवको कार्यकालमा उल्लेख्य विकास निर्माणका काम भएको हुँदा फेरी यादवलाई जिताउने मतदाताको मत छ । क्षेत्र नम्बर १ मा फेरी पनि यादवकै जितको आवश्यक्ता औँल्याउँदै स्थानीयले यादवको जित सुनिश्चित भएको बताए ।

मन्त्री बन्दाको अवस्थामा पनि कुनै घमन्ड नभएर आम नागरिकसँग गर्ने सदबहार व्यावहारको जनताले सह्रानासमेत गरेका छन् । जनताले खोजेको र सोचेको नेता यादवको विकल्पमा क्षेत्र नम्बर १ मा कोही हुन नसक्ने पनि उनीहरुले ठोकुवा गरेका छन् ।

जनताको आशिर्वाद र शुभेच्छाका कारण आफु नै पुनः निर्वाचित हुने यादवको बिश्वास छ । आफ्नो कार्यकालमा क्षेत्र नम्बर १ मात्रै नभएर समग्र पर्सा जिल्लाकै विकासलाई प्राथमिकतामा राखेको बताउँदै यादवले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायतका एजेण्डालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबिच जसपाले वडा नम्बर ४ मा सम्पर्क कार्यालय पनि स्थापना गरेको छ । कार्यालयबाट चुनाव केन्द्रित गतिविधिहरु सञ्चालन गरिने पार्टीले जनाएको छ ।

The post पर्सा–१ का मतदाता भन्छन् : हामीले खोजेको नेता प्रदीप यादव नै हुन् appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सा–१ का मतदाता भन्छन् : हामीले खोजेको नेता प्रदीप यादव नै हुन्
पर्सा–१ का मतदाता भन्छन् : हामीले खोजेको नेता प्रदीप यादव नै हुन्
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/pra03.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_48.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_48.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy