जसपा अहिले त गठबन्धन मै छ : उपेन्द्र यादव

मधेसखबर
वीरगन्ज,१७ असाेज : सत्तागठबन्धनमा रहेकाे जनता समाजवादी पार्टी (जसपा) ले आगामी निर्वाचनमा गठबन्धन बाहेकका अन्य दलसंग चुनावी तालमेलका लागि ढाेका खुल्ला गरेकाे निर्णय गरेकाे छ ।

शनिबार बसेकाे कार्यकारिणी समितिकाे बैठकले गठबन्धनमा एकदमै थाेरै सिट दिन खाेजिएकाले असन्तुष्टि जनाउदै गठबन्धन बाहेकका अन्य दलसंग पनि चुनावी तालमेल गर्न सकिने वा एक्लै चुनाव लड्न सकिने पनि निर्णय गरेकाे छ । यसै सन्दर्भमा जसपा अध्यक्ष उपेन्द्र यादवसंग नयाँपत्रिकका सन्चारकर्मीले गरेकाे कुराकानी :

 

जसपा गठबन्धनबाट बाहिरिएर अरूसँग तालमेलको बाटो खुला गरेको हो ?

होइन, चुनावी तालमेलका लागि गठबन्धन सँगसँगै अब अरूसँग पनि कुरा गर्ने भनेको मात्रै हो । अहिले त गठबन्धनमै छौँ।

सिट बाँडफाँडसम्बन्धी छलफल सन्तोषजनक भएन भन्नुभएको छ, के असन्तुष्टि हो ?

सन्तोषजनक भए त किन बोल्नुपथ्र्यो र ? सिट बाँडफाँडकै विषयमा हाम्रो असन्तुष्टि हो । हामीले दाबीभन्दा निकै कम सिट पाउने भयौँ ।

जसपालाई १५ सिट दिने भनेको हो ?

हामीलाई न्यूनतम संख्यामा पनि सिट उपलब्ध भएन । टुंगिने अवस्था पनि देखिएन । थोरै सिट नै हो असन्तुष्टिको विषय ।

तपाईंहरूको दाबी कति सिटमा हो ?

त्यो वार्ताको विषय हो । तर, त्यस्तो वार्ता अहिलेसम्म भएको छैन ।

एमाले र मधेसी दलसँग पनि तयार हो ?

त्यो पनि सम्भव छ । सबै पार्टीसँग वार्ता गर्न खुला भएका छौँ ।

लोसपासँग मिल्ने सम्भावना कति छ ?

असम्भव छैन । तर, हामीले सम्पूर्ण रूपमा गठबन्धनको विकल्प खोजेको छैनौँ ।

उसो भए घुर्की लगाउनु भएको हो ?

घुर्की लगाएको होइन । त्यस विषयमा गठबन्धनमा छलफल होला नि । हाम्रो पार्टीले जे समीक्षा गर्‍यो त्यो राखेको हो । त्यहीअनुसार निर्णय भएको हो ।

साभार: नयाँपत्रिका

The post जसपा अहिले त गठबन्धन मै छ : उपेन्द्र यादव appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: जसपा अहिले त गठबन्धन मै छ : उपेन्द्र यादव
जसपा अहिले त गठबन्धन मै छ : उपेन्द्र यादव
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/IMG_20221003_141836.jpg?resize=1016%2C553&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_47.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_47.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy