पर्सामा सांसदका उम्मेदवार प्राय पुरानै अनुहार

मधेसखबर
वीरगन्ज,२४ असोज : मंसिर ४ को निर्वाचनका लागि पर्सामा प्रतिनिधीसभाका उम्मेदवार बनेकाहरु प्राय पुरानै अनुहारका अर्थात यसअघिका निर्वाचनमा पटक पटक सांसदमा चुनाव लडिसकेकाहरु छन् ।
पर्सामा प्रतिनिधीसभाको ४ वटा क्षेत्र छ । ती चार वटै क्षेत्रमा काँग्रेस–लोसपा र एमाले–जसपा दुवै गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन् ।

दुवै गठबन्धनबाट ८ जनाको उम्मेदवारी परेकोमा ती मध्ये ६ जना यसअघि सांसद बनिसकेका र चुनाव लडिसकेकाहरु छन् भने २ जना मात्र पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका नयाँ अनुहारका उम्मेदवार छन् ।

पर्सा १ प्रतिनिधीसभा क्षेत्रमा काँग्रेस–लोसपा गठबन्धनबाट लोसपा नेता लक्ष्मणलाल कर्णले उम्मेदवार दिएका छन् । कर्ण , २२०७४ को निर्वाचनमा पर्सा ४ बाट तत्कालीन राजपा( हालको लोसपा) को उम्मेदवार बनेर सांसदमा निर्वाचित भएका थिए । त्यसअघि २०७० को निर्वाचनमा उनि सामानुपातिकबाट सांसद बनेका थिए ।

पर्सा १ मै एमाले–जसपा गठबन्धनबाट संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादव उम्मेदवार छन् । जसपा केन्द्रिय राजनीतिक समिति सदस्य समेत रहेका यादव , २०७४ को निर्वाचनमा यहि क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) बाट सांसदमा निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा भने उनि सांसदमा पराजित भएका थिए ।

पर्सा २ प्रतिनिधीसभा क्षेत्रमा काँग्रेस–लोसपा गठबन्धनबाट काँग्रेस केन्द्रिय सदस्य अजय चौरसीयाले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा यहि क्षेत्रबाट सांसदमा पराजित भएका थिए । २०७० को निर्वाचनमा भने उनि तत्कालीन पर्सा ३ बाट सांसदमा निर्वाचित भएका थिए । २०६४ को निर्वाचनमा भने उनि तत्कालीन पर्सा ३ बाटै उम्मेदवार बनेर पराजित भएका थिए ।

पर्सा २ मै एमाले–जसपा गठबन्धनबाट जसपा नेता सुरेन्द्र कुर्र्मी पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका छन् । पर्साका चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरु मध्ये उनि नयाँ अनुहार हुन् । सद्भावना पार्टीको स्थापनाकाल देखि नै राजनीतिमा सकृय रहेका कुर्मी पछिल्लो समय लोसपामा थिए । तर मनोनयन दर्ता गर्ने दिन भन्दा केहि हप्ता पहिले मात्रै उनि जसपामा प्रवेश गरेका थिए । २०७४ को निर्वाचनमा पर्सा २ कोे (ख) मा तत्कालीन राजपा (हालको लोसपा) बाट प्रदेशसभा सदस्यको टिकट पाउने निश्चित भइसकेका कुर्मीलाइ अन्तिम समयमा पार्टीले उनको सट्टा रमेश कुर्मीलाइ उम्मेदवार बनाएको थियो ।

पर्सा ३ को प्रतिनिधीसभा क्षेत्रमा काँग्रेस–लोसपा गठबन्धनबाट काँग्रेसका पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा उनि यहि क्षेत्रबाट पराजित भएका थिए । २०७० को निर्वाचनमा भने उनि तत्कालीन पर्सा ४ बाट काँग्रेसकै उम्मेदवार बनेर सांसदमा निर्वाचित भएका थिए भने २०६४ को निर्वाचनमा भने पराजित भएका थिए । उनि पटक पटक मन्त्री भइसकेका नेता पनि हुन् ।

पर्सा ३ को प्रतिनिधीसभा क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट एमाले केन्द्रिय सदस्य राज कुमार गुप्ताले उम्मेदवारी दिएका छन् । यसअघि २०७४ को निर्वाचनमा यहि क्षेत्रबाट पराजित भएका गुप्ता , २०७० को निर्वाचनमा भने सांसदमा निर्वाचित भएका थिए ।

पर्सा ४ को प्रतिनिधीसभा क्षेत्रमा काँग्रेस–लोसपा गठबन्धनबाट काँग्रेस केन्द्रिय सदस्य रमेश रिजालको उम्मेदवारी परेको छ । २०७४ को निर्वाचनमा उनि यहि क्षेत्रबाट पराजित भएका थिए । २०७० को निर्वाचनमा भने रिजाल काँगग्रेकै उम्मेदवार बनेर तत्कालीन पर्सा ५ बाट सांसदमा निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने रिजाल , तत्कालीन पर्सा ५ मा पराजित भएका थिए ।

पर्सा ४ को प्रतिनिधीसभा क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट एमाले नेता जालिम मियाँ चुनावी मैदानमा उत्रिएका छन् । पर्सा २ का जसपा उम्मेदवार कुर्मी जस्तै मियाँ पनि पहिलो पटक सांसदको प्रतिस्पर्धामा उत्रिएका हुन् । २०७४ को निर्वाचनमा पर्साको जगरनाथपुर गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका मियाँ , गत स्थानीय तहको निर्वाचन भन्दा केहि हप्ता पहिले एमालेमा प्रवेश गरेका थिए ।

The post पर्सामा सांसदका उम्मेदवार प्राय पुरानै अनुहार appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्सामा सांसदका उम्मेदवार प्राय पुरानै अनुहार
पर्सामा सांसदका उम्मेदवार प्राय पुरानै अनुहार
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/mp-candinate-Prasa.jpg?resize=1024%2C575&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_43.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_43.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy