मधेसखबर
वीरगन्ज,०८ कार्तिक : वीरगन्जमा मङगलबार मोटरसाइकल दुर्घटना हुदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्लाको सल्यान गाँउपालिका घर भइ हाल वीरगन्ज ८ पानीटंकीमा बस्दै आएका १९ बर्षिय अनुप राइ रहेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी स्थित सडकमा मङगलबार बिहान साढे २ बजे ना.४६ प. ३२९७ नंबरको पल्सर मोटरसाइकल आफै अनियन्त्रीत भई सडक किनारामा रहेको विजुलीको पोलमा ठोक्किएर दुर्घटना हुदा उक्त मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए ।
घाइते राइको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा विहान ४ बजे मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।
The post वीरगन्जमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु appeared first on Madhes Khabar.