टी–२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

मधेसखबर
वीरगन्ज,१० कार्तिक : टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्यस त्रममा बिहीबार भारतले नेदरल्याण्ड्सलाई ५६ रनले हराएको छ ।

अष्ट्रोलियाको सिड्नीमा भएको खेलमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाएपछि खेल भारतले जितेको हो ।

नेदरल्याण्ड्सका लागि टिम प्रिङ्लेले २० रन बनाए । सहरिज अहमद १६ रनमा नट आउट रहे भने बास डी लिड्स र म्याक्स ओडोड समान १६ रनमै आउट भए ।

भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले समान २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए । ओपनर केएल राहुल व्यक्तिगत ९ रनमा आउट भए पनि अर्का ओपनर रोहित शर्माले ५३ रन बनाए । उनले ४ चौका र ३ छक्का हाने ।

नेदरल्याण्ड्सविरुद्धको तेश्रो छक्कासँगै रोहित टी–२० विश्वकपमा सबैभन्दा धेरै छक्का हान्ने भारतीय खेलाडी बनेका छन् । उनले ३३ छक्का हानेका युवराज सिंहलाई उछिनेका हुन् ।

नेदरल्याण्ड्सँगका खेलमा विराट कोहली ६२ र सूर्यकुमार यादव ५१ रनमा नट आउट रहे । कोहलीले ३ चौका र २ छक्का तथा यादवले ७ चौका र १ छक्का हानेका थिए । कोहलीले यसअघि पाकिस्तानलाई हराएको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेदरल्याण्ड्सका फ्रेड कलास्सेन र पउल भान मिकेरेनले १–१ विकेट लिए ।

 

The post टी–२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: टी–२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित
टी–२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/cricket-ind.jpg?resize=743%2C397&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/10/blog-post_298.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/10/blog-post_298.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy